back
NMB ad

शेयर बजार वृद्धिमा ‘ब्रेक’ : दोहरो अंकले घट्यो, बजार घटेपनि २ अर्ब ७८ करोड बराबरको कारोबार

Kumari bank ad

काठमाडौं । सातको पहिलो दिन शेयर बजार वृद्धिमा ‘ब्रेक’ लागेको छ । आइतबार सेयर बजार १०.४५ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ हजार ४९९.९७ अंकमा झरेको छ ।

आइतबार बजार खुल्दा ४२ अंकले बढेको बजार सम्हालिन नसक्दा घट्न पुग्यो । बजार घटे पनि आइतबार २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ बराबरको ७० लाख ३८ हजार ९९० कित्ता सेयर किनबेच भएको छ ।

आइतबार नेपाल रि–इन्स्योरेन्स लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । पछिल्लो समय रि–इन्स्योरेन्सको सेयर बढी कारोबार हुँदै आएको छ । कम्पनीको प्रतिकित्ता ८७१ मा ४० करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै नेपाल बैंकको ३०४ रुपैयाँमा ११ करोड ७३ लाख र नेको इन्स्योरेन्स लिमिटेडको ७९० रुपैयाँमा १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार व्यापार र म्युचअल फण्ड बाहेक सबै परिसूचक घटेका छन । बैंक, होटल, जलविद्युत, लघुवित्त, बीमा र उत्पादनमुलकको सेयर मूल्य घटेको छ ।

बजार घटे पनि उन्नती सहकार्य लघुवित्त संस्था लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर, राधि विद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन ।

वि.सं.२०७७ भदौ २१ आइतवार १५:३१ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...