back
NMB ad

नबिल बैंकको अफरै अफर : के-के छन् सुविधा ?

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रको प्रवर्द्धनमा सञ्चालित नेपालकै पहिलो र ठूलो बैंक नबिल बैंकले अन्य बैंकसँग प्रतिस्पर्धा गर्न सोहीअनुसारका ‘अफर’ पनि ल्याएको छ । बैंकहरूले निक्षेपकर्तालाई लक्षित गर्दै विभिन्न सुविधा पनि उपलब्ध गराउँदै आएका छन् ।

बैंकले हाल बचत खाताहरूमा विभिन्न फरक सेवासहितको बचत खाता सञ्चालन गर्दै आएको छ । बैंकले सबै प्रकारको बचत खातामा निक्षेपकर्ताहरूलाई १३ वटा घातक रोगका लागि ३ लाखसम्मको स्वास्थ्य बिमा र ७५ हजारको टर्म लाइफ बिमा सेवासमेत प्रदान गर्दै आएको छ । यसका साथ बैंकले खाताको प्रकारअनुसार निःशुल्क डिम्याट खातादेखि गुड फर पेमेन्टमा छुट, इन्टरनेट बैंकिङ मोबाइल बैंकिङमा र भाइबर बैंकिङमा छुटलगायत विभिन्न सेवा प्रदान गर्दै आएको छ ।

बैंकले विभिन्न लक्षित समूहलार्ई लक्षित गर्दै सोहीअनुसारको बचत खाता सञ्चालनमा ल्याएको छ । नबिल बैंकले अहिले सञ्चालन गर्दै आएका विभिन्न बचत खाता र तिनका विशेषताहरूको चर्चा यहाँ गरिन्छ ।

प्रिमियम नारी बचत खाता

महिलाहरूलाई लक्षित गर्दै बैंकले प्रिमियम नारी बचत खाता सञ्चालन गर्दै आएको छ । १८ वर्षभन्दा माथि उमेर समूहका महिलालाई लक्षित गर्दै सञ्चालनमा ल्याएको उक्त बचत खातामा विभिन्न छुटसहितका सुविधा छ ।

बैंकको दायित्व व्यवस्थापन प्रमुख एवं सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीका अनुसार उक्त खातामा ग्राहकले लकर सुविधामा २५ प्रतिशत छुट, स्विफ्ट ट्रान्सफर–डिमान्ड ड्राफ्ट सेवमा ५० प्रतिशत छुट छ । यस्तै भिसा डेबिट र क्रेडिट कार्डको एक वर्षका लागि निःशुल्क उपलब्ध गराउने तथा कुल शुल्कमा समेत २५ प्रतिशतसम्म छुट हुने सुवेदीले बताए ।

यस्तै क्रेडिट कार्ड लोनमा प्रोसेसिङ शुल्कमा पनि ५० प्रतिशतसम्म छुट हुने सुवेदीले बताए । प्रिमियम नारी बचत खाताको न्यूनतम ब्यालेन्स ५ हजार रुपैयाँ छ । दैनिक ब्याजदर गणना हुने र त्रैमासिक रूपमा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ । यस्तै मोबाइल बैंकिङ पहिलो वर्षका लागि निःशुल्क तथा इन्टरनेट र भाइबर बैंकिङ भने सधैँ निःशुल्क हुने विभाग प्रमुख सुवेदीले बताए ।

प्रिमियम पेरोल बचत खाता

बैंकले अर्को प्रिमियम पेरोल बचत खाता सञ्चालन गरिरहेको छ । संस्थागत कर्मचारीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको प्रिमियम पेरोल बचत खातामा पनि आकर्षक विशेषता रहेको सुवेदीले बताए ।

यस बचत योजनमा लकर सुविधामा २५ प्रतिशत, स्विफ्ट ट्रान्सफर–डिमान्ड ड्राफ्टमा ५० प्रतिशतसम्म छुट छ । शून्य ब्यालेन्स रहेको उक्त बचत योजना संस्थागत कर्मचारीलाई लक्षित गरेर सञ्चालनम ल्याएको बैंकले जनाएको छ । क्रेडिट कार्ड र डेबिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष २५ प्रतिशतसम्म छुट हुने बैंकले जनाएको छ । क्रेटिड कार्डको लिमिट कुल तलबको १.५ गुणासम्म रहेको उनले बताए ।

यस्तै धितोबिनै व्यक्तिगत कर्जा सुविधा उपलब्ध छ । यस्तै घर, गाडी तथा शैक्षिक कर्जा सुविधा पनि रहेको उनले बताए । निःशुल्क डिम्याट खाताका साथै पहिलो वर्षको मेन्टेनेन्स शुल्क पनि नलाग्ने उनले बताए । यस्तै पहिलो वर्षको लागि मेरो सेयर पनि निःशुल्क उपलब्ध हुने उनको भनाइ छ ।

यस बचत योजनामा चेकबुक, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट निःशुल्क उपलब्ध हुनेछ । दैनिक रूपमा ब्याज गणना र त्रैमासिक रूपमा ब्याज भुक्तानी हुनेछ । बैंकको तीनधारा शाखा र पुलचोक शाखाबाट ३६५ दिन नै सेवा उपलब्ध हुने उनले बताए । एबीबीएस सुविधा पनि निःशुल्क छ । मोबाइल बैंकिङ एक वर्षका लागि तथा इन्टरनेट र भाइबर बैंकिङ भने निःशुल्क हुने उनले बताए ।

सेयरहोल्डर बचत खाता

यस्तै आफ्ना सेयरधनीलाई लक्षित गर्दै बैंकले सेयरहोल्डर बचत खाता सञ्चालन गरिरहेको छ । उक्त बचत योजनामा लकर सुविधामा २५ प्रतिशत तथा स्विफ्ट ट्रान्सफर/डिमान्ड ड्राफ्ट सुविधामा ५० प्रतिशत नै छुट छ । यस्तै डेबिट र क्रेडिट कार्डको पहिलो वर्ष शुल्क नलिने उनले बताए ।

उक्त बचत खातामा न्यूनतम ब्यालेन्स पाँच हजार रुपैयाँ रहेको र नबिल बैंकको सेयरधनीले मात्रै खाता खोल्न सक्नेछन् । आफूसँग नबिल बैंकको सेयर हुने जोसुकैले पनि यो खाता खोल्न सक्नेछन् । दैनिक रूपमा ब्याज गणना हुने र त्रैमासिक रूपमा ब्याज भुक्तानी हुनेछ । चेक बुक, ब्यालेन्स सटिर्फिकेट र एकाउन्ट स्टेटमेन्ट निःशुल्क रूपमा उपलब्ध हुनेछ । मोबाइल बैंकिङ एक वर्षको लागि तथा इन्टरनेट र भाइबर बैंकिङ भने निःशुल्क हुने उनले बताए ।

गुड फर मेमेन्टमा ५० प्रतिशत छुट तथा गुड फर पेमेन्ट चेक क्यान्सिल गर्न पनि शुल्क नलाग्ने र हराए भुक्तानी रोक्का गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट हुने उनले बताए ।

जीईएन एन खाता

बैंकले नबिल जीईएन एन खाता सञ्चालजन गरिरहेको छ । १८ वर्ष उमेर पुगेका युवालाई लक्षित गर्दै सञ्चालनमा ल्याएका उक्त खाता शून्य ब्यालेन्समै खोल्न सकिने उनले बताए ।

दैनिक रूपमा ब्याज गणना हुने उक्त खाताको ब्याज भुक्तानी त्रैमासिक रूपमा हुनेछ । उक्त बचत खातामा डेबिट कार्ड र क्रेडिट कार्ड ४ वर्षसम्म निःशुल्क उपलब्ध गराउने बैंकले जनाएको छ । न्यूनतम कारोबारका लागि बैंकको शाखामा नगई अनलाइनमार्फत नै खाता खोल्न पनि सकिने उनले बताए । प्रत्येक खातामा २ जीबीको डाटाप्याकसमेत उपलब्ध गराउने उनले बताए ।

मोबाइल बैंकिङ एक वर्षका लागि तथा इन्टरनेट र भाइबर बैंकिङ भने निःशुल्क हुने उनले बताए । नेपालभित्र हुने ई–कमर्स ट्रान्जेक्सन शुल्क नलाग्ने तथा रि–रजिस्ट्रेसनका लागि समेत शुल्क नलाग्ने उनले बताए । उक्त बचत खातामा कनेक्ट आईपीएस सेवासमेत उपलब्ध छ । यस्तै सस्तो ब्याजदरमा शैक्षिक कर्जा सुविधासमेत उपलब्ध छ ।

छोराले खाता खोल्यो तर उसको कुनै आम्दानीको स्रोत छैन तर अभिभावले मासिक रूपमा आफ्नो छोराछोरीलाई पैसा पठाउनुपर्नेछ भने खाता खोल्दा नै अभिभावको खाताबाट तोकिएको लिमिट र मितिमा आफैं अभिभावकको खाताबाट छोराछोरीको खातामा रकम ट्रान्सफर हुने उनले बताए ।

घातक रोग तथा मृत्यु बिमा कस्तो खाता होल्डरलाई

बैंकमा बचत खाता खोल्ने १६–६४ उमेरका नेपाली नागरिकले बिनाकुनै शुल्क बैंकको बिमा पार्टनरबाट तीन लाख रुपैयाँबराबरको १३ घातक रोग बिमा र ७५ हजार रुपैयाँबराबरको टर्म लाइफ कभरेज सुविधा पाउनेछन् ।

उक्त बिमाबाट जोखिम बहन हुने १३ घातक रोगहरूमा मेजर क्यान्सर, स्ट्रोक, हृदयाघात, गम्भीर मुटुरोग बिरामी, मुटुको भल्भ सर्जरी, ब्लड प्रेसर, फोक्सोसम्बन्धी रोगको अन्तिम अवस्था, कलेजोसम्बन्धी रोगको अन्तिम अवस्था, हेपटाइटिस, मिर्गौला फेल, कोमा, एनिमिया र बोन म्यारो प्रत्यारोपण रहेको सुवेदीले बताए ।

उक्त बिमा सेवाका लागि नेपाली नागरिकको बचत खाता (संयुक्त खाताबाहेक) १६ वर्ष उमेर पुगरे ६४ वर्ष ननाघेको हुनपर्ने तथा न्यूनतम मौज्दात महिनाभर कम्तिमा २५ हजार रुपैयाँ हुनुपर्नेछ । यी योग्यता पूरा गरेका ग्राहकले उक्त सुविधा पाउने बैंकले जनाएको छ ।

ग्राहकले बिमा सुविधाका लागि के गर्ने ?

नयाँ खाता खोल्दा घातक रोग केयर तथा टर्म लाइफ घोषणा फाराम र मेटलाइफ स्वास्थ्य घोषणा फाराम भर्नुपर्ने उनले बताए । यस्तै बचत अवधिभर योग्यता पूरा नभएमा सुविधा नपाउने र पुनप्र्राप्तिको पनि व्यवस्था भने छ । उल्लेखित सुविधा प्राप्त गर्न ग्राहकले एक रुपैयाँ पनि अतिरिक्त शुल्क बेहोर्नु नपर्ने, शुल्क बैंक स्वयंले बेहोर्ने उनले जानकारी दिए । यस्तै सजिलो र झन्झटरहित दाबी प्रक्रिया तथा राफसाफ, चिकित्सा बिल पूर्तिमा समस्या नआउने र योग्यताबाहेक बिमासम्बन्धी सबै व्यवस्था बिमा पार्टनरको बिमा पोलिसीअनुसार हुने सुवेदीले बताए । बाह्रखरीबाट

वि.सं.२०७७ भदौ २१ आइतवार १५:४१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...