काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाले परिवारका सदस्यलाई कोरोना भाइरसको संक्रमण भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बस्नुभएको छ ।
परिवारका सदस्यलाई संक्रमण भएकाले घरबाटै मन्त्रालयको काम गरेको मन्त्री ढकालल बताउनुभयो ।’म तीन दिनदेखि होम क्वारेन्टिनमा छु। परिवारको सदस्यलाई संक्रमण देखिएकाले घरमै बसेको हो,’ उहाँले भन्नुभयो,’प्रोटोकल अनुसार ५ दिन बसेर पिसिआर गरेपछि मात्रै बाहिर निस्कन्छु।’
वि.सं.२०७७ भदौ २१ आइतवार १७:२४ मा प्रकाशित