back
NMB ad

सडक तथा पुल निर्माणमा सरकारले खर्चियो १३ अर्ब : लकडाउनमै बन्यो ८० मोटरेबल पुल, नयाँ ३ सयको ठेक्का

Kumari bank ad

काठमाडौं । मुलुकभरका मोटरेबल पुल निर्माणका लागि सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा रू. १३ अर्ब बजेट खर्चिएको छ । निर्माणाधीन झन्डै १ हजार ५ सय पुल तथा नयाँ पुलको डिजाइन गर्न सडक विभागले गत आवमा विनियोजित बजेटको ३ गुणा बजेट खर्च गरेको हो ।

गत आवमा यस्ता पुल निर्माणका लागि साढे ४ अर्ब बजेट विनियोजन भएकोमा सो रकम अपुग भएपछि बजेट थप गरिएको थियो । विभागले गत आवमा निर्माणाधीनमध्ये ३ सय पुल सम्पन्न गर्ने लक्ष्य राखे पनि सो लक्ष्य पूरा हुन सकेन ।

विकास निर्माणको सिजनमै भएको बन्दाबन्दीका कारण लक्ष्यअनुसार काम हुन नसकेको विभागको भनाइ छ । यद्यपि विभागले अन्य विकास संरचनाको तुलनामा भन्दा पुल निर्माणमा ७० प्रतिशत प्रगति भएको दाबी गरेको आर्थिक अभियानमा समाचार छ ।

विभागको पुल महाशाखा प्रमुख दीपककुमार भट्टराई कोरोना भाइरसको जोखिम र अन्य जटिलता भए पनि पुल निर्माणमा ठूलो उपलब्धि भएको बताउँछन् ।

निर्माण व्यवसायीले समेत वर्षायाम शुरू हुनुपूर्व नै पुल बनाइसक्नुपर्ने आशय व्यक्त गर्दै आएका थिए । सोही कारण बन्दाबन्दीकै अवधि चैतदेखि असार अन्तिमसम्म मात्रै निर्माणाधीन ८० पुल बनिसकेका छन् । यससँगै गत आवमा २ सय १० पुल निर्माण सम्पन्न भएको भट्टराईले जानकारी दिए ।

‘बन्दाबन्दी भनेर काम नगरेको भए निर्माणाधीन पुल नबन्दा ठूलो क्षति हुने थियो,’ उनले भने, ‘वर्षायाम शुरू हुनुभन्दा पहिला नै बनाउनुपर्ने र धेरै क्षति हुने अवस्थामा रहेका पुल छनोट गरेर निर्माण गरिएको थियो ।’

स्ल्याब ढलान गर्न फर्मा राखी रडसमेत बाँधिसकेको र टेन्डम तार जडान गरिसकेका पुलहरूको निर्माण वर्षायामअगावै हुनु जरुरी थियो । यस्ता पुल निर्माणको काम वर्षा शुरू भएपछि गर्न कठिन हुने र काम गर्न नसकिने हुँदा अर्बाैंको लगानी जोखिममा पर्ने निर्माण व्यवसायीहरूले बताउँदै आएका थिए ।

चैत ११ गतेदेखि मुलुकमा भएको बन्दाबन्दीका कारण पूर्वाधार निर्माण ठप्प भएका बेला विभागले भने बनाउनैपर्ने पुलहरू निर्माणका लागि सहजीकरण गरेको थियो । यसैगरी विभागले चालू आवमा नयाँ ३ सय पुलको ठेक्का लगाउने तयारी गरेको छ । यो वर्ष पुल निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरिएको विभागले जानकारी दिएको छ ।

वि.सं.२०७७ भदौ २२ सोमवार ०७:४९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...