back
NMB ad

सबै कार्यालय, बैंक र पसल तथा व्यवसाय एक सातासम्म पूर्णरुपमा बन्द गर्ने निर्णय

Kumari bank ad

पाल्पा । समुदायस्तरमा कोरोना फैलिएपछि पाल्पाको तिनाउ गाउँपालिका कार्यालय एक हप्तासम्मका लागि बन्द गरिएको छ। नगरपालिका नजिक रहेको दोभानको मुख्य बजार पनि सिल गरिएको छ।

यही भदौ २८ गतेसम्म गाउँपालिकाको कार्यालयका सबै कामकाज ठप्प हुने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए। कार्यालय नजिकै रहेको बजारका स्थानीयलाई कोरोना पोजेटिभ देखिएको थियो।

एक जना होटल व्यवसायी महिलामा कोरोना पुष्टि भएपछि ट्रेसिङ गरेर १०७ जना स्थानीयको कन्ट्याक्ट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। ती मध्ये ८ जनामा आइतबार कोरोना पुष्टि भएको छ।

आइतबार नै कार्यपालिकाको बैठक बसेर एक हप्ता दोभान बजार सिल गर्ने र कार्यालयका कामसमेत बन्द गर्ने निर्णय भएको छ। सिल गरिएको दोभान बजारका अन्य स्थानीयको समेत कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको अध्यक्ष घर्ती मगरले बताए।

यहाँ रहेका सरकारी तथा गैह्र सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार पसल, होटल तथा रेष्टुरेन्ट लगायत सबै एक हप्तासम्म बन्द रहने छन्। यहाँ मानिसलाई आवतजावत गर्न पनि रोक लगाइने छ। कोरोना पोजेटिभ देखिएकाहरुलाई गाउँपालिकाले निर्माण गरेको आइसोलेसनमा राखिएको उनले बताए।

वि.सं.२०७७ भदौ २२ सोमवार १३:३२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...