काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ।
वि.सं.२०७७ भदौ २२ सोमवार १६:३२ मा प्रकाशित