दमौली । समुदाय संक्रमणको जोखिम केही कम देखिएको भन्दै बन्दीपुर गाउँपालिकाले लकडाउन हटाएको छ ।
यसअघि २४ गते रातिसम्मका लागि लकडाउन जारी भए पनि गत १८ गते समुदायका व्यक्तिहरूमा गरिएको ५९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै मंगलबारबाट बजार खुलाउने निर्णय गाउँपालिकाले गरेको हो।
गाउँपालिकाका प्रवक्ता ध्रुवराज लामिछानेद्वारा जारी विज्ञप्तिमा मंगलबार भदौ २३ गतेदेखि देखि लागु हुनेगरी दिउँसो २ः०० बजेसम्म नेपाल सरकारले निषेधित गरिएको बाहेक अन्य व्यापार व्यवसायहरु भौतिक दुरी, सुरक्षा र सावधानी अपनाउने र स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी खुला गर्न दिने निर्णय गरिएको उल्लेख छ।
वि.सं.२०७७ भदौ २२ सोमवार २०:३० मा प्रकाशित