back
NMB ad

आजदेखि निषेधाज्ञा खुकुलो: पसल तथा व्यवसाय पनि खुल्ने, सवारी पनि चल्ने, के-के छन् मापदण्ड ?

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा २४ गते बुधबार रातिबाट ३१ गते बुधबार रातिसम्म साविकभन्दा खुकुलो बनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै नयाँ व्यवस्था गरिएको हो ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त छलफलपछि उपत्यकाभर लागू हुनेगरी लकडाउन खुुकुुलो बनाइएको  गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खबर लेखेका छन् । निषेधाज्ञाबाट जनजीवनमा परेको प्रत्यक्ष प्रभावमा ध्यान दिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड अपनाई अधिकांश क्षेत्र सहज बनाइएकोे छ ।

गत भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा २० दिनको अवधिमा १० र १७ थप सहज बनाइएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अब सबै आफैँ सतर्क हुनुपर्ने बेला आएको बताए ।

विषम परिस्थितिको मूल्याङ्कनपछि निषेधाज्ञा थप परिमार्जन गरी नागरिकको जीविका सहज बनाउन आवश्यक मापदण्ड तयार पारी उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी उनले दिए ।

सवारीमा जोर–बिजोर

स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी बिहीबारदेखि जोर–बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको छ । १६ सिटभन्दा बढी क्षमता भएका यातायातका साधन सञ्चालन गर्न पनि अनुमति दिइएको छ ।

यसका लागि कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ । त्यस्तै भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवार भित्रकै बालबालिका भएमा थप दुई जनासम्म लैजान सकिनेछ ।

अत्यावश्यक तथा खाद्यान्न, तरकारी, फलफूल र माछामासु लगायत मालबाहक तथा ढुवानीका सवारी साधनको हकमा जोर–बिजोर प्रणाली लागू हुनेछैन । यस्ता सवारी साधनले चालक र सहयोगी सहचालक बाहेक अन्य व्यक्तिलाई बोक्न पाउनेछैनन् ।

किराना पसल बिहान र बेलुुका
उपत्यकामा सञ्चालित खाद्यान्न थोक तथा किराना, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा–मासु लगायत पसल बिहान ५–११ बजेसम्म र साँझ ५–७ बजेसम्म खोल्न पाउने व्यवस्था लागू गरिएको छ ।

भौतिक पूर्वाधार तथा विकास निर्माण सामग्री, पसल तथा व्यवसाय लगायत ढुवानीका सवारी साधन दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै अनलाइन सेवा मार्फत वस्तु, परिकार तथा अन्य सेवा दिँदै आएका सवारी चालकका लागि मध्याह्न १२ देखि साँझ ७ बजेको समय निर्धारण गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्था सञ्चालन गर्न बिहान ११ देखि ३ बजेसम्मको समय तोकिएको छ । विभिन्न सेवामा आबद्ध कर्मचारीका लागि बिहान ९ देखि १०.३० सम्म कार्यालय र अपराह्न ३.३० देखि बेलुकी ५ बजेसम्म घर फर्किसक्नुपर्ने व्यवस्था लागू गरिएको थियो ।

विभिन्न सपिङ मल, फेन्सी स्टोर, जुत्ताकपडा, कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार मात्र खुल्न दिने निर्णय भएको छ । भाँडा र भान्साजन्य तथा सोही प्रकृतिका पसल सञ्चालन तथा व्यापार गर्न साताको आइतबार, मङ्गलबार र शुक्रबार छुट्याइएको छ ।

त्यस्तै काठजन्य वस्तु र अटोमोबाइल पसलका लागि सोमबार र बुधबार, फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रोनिक, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म खुला रहनेछन् । सवारी साधन मर्मत सम्भार तथा वर्कसप पसल बिहान ८ देखि राति ८ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ ।

उद्योग कलकारखाना सञ्चालन गर्दा कामदारको खाने बस्ने व्यवस्था अनिवार्य रूपमा उद्योग परिसरमा नै क्याम्प स्थापना गरी गर्नुपर्ने छ । कामदारको असुरक्षित ओसारपसार निषेध गरिएको छ । घर तथा भवन निर्माण कम्पनीले मजदुरको सम्पूर्ण व्यवस्था निर्माणस्थल परिसरमा नै मिलाउनुपर्ने छ ।

भीडभाड हुने स्थानमा निषेध

नागरिकको बाक्लो भीडभाड हुने क्षेत्र चलचित्र भवन, उद्यान पार्क, पार्टी प्यालेस, मठ मन्दिर, लामो दूरीका सवारी, सामूहिक भोज, पार्टी, जात्रा–मेला, सभा–जुलुस तथा भेला लगायतका कार्यक्रम निषेध गरिएको छ ।

मठमन्दिर, मस्जिद र चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा दैनिक नित्य पूजा बाहेक अन्य गतिविधिमा रोक लगाइएको छ । धार्मिक तथा सांस्कृतिक चाडवाडका नाममा जमघट, भेला रोकिएका छन् । खेलकुद, जिमखाना, स्विमिङ पुल, मसाज पार्लर, सैलुन, स्पा, प्रदर्शनी चिडियाखाना लगायत नागरिकको बाक्लो उपस्थिति रहने स्थान बन्द गरिएका छन् ।

वि.सं.२०७७ भदौ २५ बिहीवार ०७:४४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...