back
NMB ad

प्रभु बैंक र सरकारी डक्टर्स एसाेसिएसनबीच बैंकिङ सम्झौता

Kumari bank ad

काठमाडौं । प्रभु बैंक लिमिटेड र सरकारी डाक्टरहरुको संगठन सरकारी डक्टर्स एसोसिएसन (गोदान) बीच प्रभु बैंक मार्फत् बैंकिङ कारोबार गर्ने सम्बन्धी सम्झौता भएको छ ।

प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल, आज एक समारोहकाबीच सम्पन्नसम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सरकारी डक्टर्स एशोसियसन (गोदान) का तर्फबाट अध्यक्ष डा. रबिन खडकाले हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा प्रभु बैंकका नायब कार्यकारी प्रमुख मनिराम पोखरेल र सरकारी डक्टर्स एसोसिएसनका तर्फबाट बरिष्ठ उपाध्यक्ष डा. बिजय थापा, उपाध्यक्ष डा. सुशिल मोहन भट्टराई, महासचिव डा. किर्ती बाल सुवेदी, निवर्तमान उपाध्यक्ष डा. नविन पोखरेल र डा. छिरिङ्ग लामाको उपस्थिति रहेको थियो।

प्रभु बैंक लि. र गोदानसँगको आज सम्पन्न सम्झौता बमोजिम प्रभु बैंक लि. गोदानको आधिकारिक बैंकको रुपमा रहनेछ । सरकारी डक्टर्स एशोसियसनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक लि. मार्फत गर्नेछ ।

गोदानको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफूलाई पायक पर्ने प्रभु बैंक लि. को जुनसुकै शाखा कार्यालयबाट विना झण्झट सर्वसुलभ रुपमा विभिन्न खाता खोली बैंकिङ्ग कारोबार गर्न सक्नेछन्। उक्त खाता सञ्चालन गर्दा मोबाईल बैंकिङ्ग ईण्टरनेट बैंकिङ्ग, एटिएम लगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निशुल्क उपभोग गर्ने सक्नेछन्।

यसका साथै सहुलियत ब्याजदरमा घरकर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, प्रोफेशनल कर्जा तथा दैनिक उपभोग्य वस्तु खरिद कर्जा लगायतका कर्जा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन्।

सो सम्बन्धी सेवा प्रवाह सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधान कार्यालय बबरमहलमा एक जना विभागीय प्रमुखलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १८:२९ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...