back
NMB ad

दोहोरो अंकले बढ्यो शेयर बजार, यस्तो छ आजको कारोबार

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो ।

लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम्पर्क सञ्जालमा समस्या आएको थियो ।

कारोबार समय ३ बजेसम्म रहेपनि समस्या समाधान पछि नेप्सेले समय थप गरी ५ बजेसम्म पु(याएको थियो । सो अवधिका कारोबार मापक नेप्सेमा दोहोरो अङ्क अर्थात् १२.४९ ले वृद्धि भई एक हजार ५२०.६९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७१ ले वृद्धि भई ३०१.३८ मा पुगेको छ ।

कूल १८९ कम्पनीको ४२ लाख ६२ हजार ६९८ कित्ता शेयर रु दुई अर्ब १७ करोड ६८ हजार २८३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरोलो लाग्दा नौ उपसमूहको शेयर भने वृद्धि भएको छ ।

व्यापार ३०.२१, होटल १.१३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरोलो लागे । यस्तै बैंकिङ ३.८३, विकास बैंक १५.७, जलविद्युत् २.३१, वित्त २.२४, निर्जीवन बीमा ३०२.०२, उत्पादन ३३.२२, अन्य ०.३९, लघुवित्त ३३.७३ र जीवन बीमा २०४.५३ ले वृद्धि भएको छ ।

स्टकका अनुसार आज पनि कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ८९५ मा रु १७ करोड २१ लाख ७२ हजार ११६ को कारोबार भई सो कम्पनी शीर्ष स्थानमा रहयो ।

यस्तै, नागरिक लगानी कोष रु नौ करोड २३ लाख २४ हजार ६८७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड एक लाख ३१ हजार ९४६, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रु आठ करोड ५९ लाख ५७ हजार १३३, एभरेष्ट इन्स्योरेन्स कम्पनी रु आठ करोड ४३ लाख ९१ हजार ३०४ र शिवम् सिमेन्ट रु सात करोड नौ लाख ८६ हजार १३६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, राष्ट्रिय बीमा कम्पनी र सोही कम्पनीका संस्थापक लगानीकर्ताले समान रुपमा ९.९९ प्रतिशतले कमाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९, एनआरएन इन्फ्रास्टकचर ९.८९, एनआरएन लघुवित्त ९.१४, एभरेष्ट इन्स्योरेन्स कम्पनी ८.१३ र नेपाल फाइनान्स कम्पनीका लगानकिर्ताले ७.५६ प्रतिशतले कमाए ।

त्यस्तै, नबिल इक्विटी फण्ड ५.६४, आशा लघुवित्त ४.१३, साल्ट टे«डिङ कर्पोरेशन ३.५८, यूनियन हाइड्रोपावर २.९४ र मल्टीपर्पस फिनान्स कम्पनीका लगानीकर्ताले २.७० प्रतिशतले गुमाए ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १८:०२ मा प्रकाशित

You can share this post!

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...