झापा । कोरोनात्रास बीच पूर्वी नेपालमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ। इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्प मापन केन्द्रका अनुसार नेपाल भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको हो। बिहान ९ बजेर ३० मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार १०:३२ मा प्रकाशित