काठमाडौँ । नेपाली बजार आज सुनको भाउ घटेको छ । आज शुक्रबार सुन र चाँदी दुवैको मुल्यमा गिरावट आएको हो ।
आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि विहिबार सुन तोलाको ९६ हजार ८ सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ ।
शुक्रबार चाँदीको मुल्य तोलामा १५ रुपियाँले घटेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार ११:१९ मा प्रकाशित