back
NMB ad

यी चार राशीका व्यक्तिहरु, जसमा पैसा बचत गर्ने गुण हुन्छन्

Kumari bank ad

काठमाडौं । एउटै अफिसमा एउटै पदमा रहेको साथीले जब आर्थिक उन्नति गरेको वा आनन्दको जीवनशैली व्यतीत गरेको देख्छौं, तब हामीलाई अचम्म लाग्छ ।

 

 

हामी सोंच्न थाल्छौं कि उसले कसरी आर्थिक उन्नति गर्यो ? कतै उसले कुनै गलत ढंगले कमाइ त गरेको छैन ? तर आर्थिक उन्नति गरेका सबैले गलत काम नै गरेका हुन्छन् भन्ने सोच्नु गलत छ । किनभने व्यक्तिको आनीबानीले पनि आर्थिक उन्नति गर्न सम्भव छ ।

त्यो हो बचत गर्ने बानी । हुन त बचत गर्नुपर्छ भन्ने सोंच हरेक सचेत व्यक्तिमा हुन्छ । तर कुनै कुनै व्यक्तिले जति कञ्जुस्याइँ गरे पनि बचत भैरहेको हुँदैन । कुनै न कुनै बहानामा खर्च भैरहेको हुन्छ । आखिर यस्तो किन हुन्छ त ?

ज्योतिष विज्ञानले भन्छ–व्यक्तिको राशीले पनि यसमा महत्वपूर्ण भूमिका खेल्छ । अर्थात आर्थिक बचत गर्न सक्ने र नसक्ने भन्ने कुरा व्यक्तिको राशीमा पनि भर पर्छ । त्यसो भए आर्थिक बचत गर्न सक्ने राशीहरु कुन कुन हुन् त ?

 

 

वृष :

यस राशीका व्यक्तिहरु आफ्ना स्वभावका कारण चिनिने खालका हुन्छन् । त्यसैले यस राशीका व्यक्तिहरु रुपैयाँ राम्रोसँग वचत गर्नसक्ने व्यक्तिमा पर्छन् । बृष राशीका व्यक्तिहरु जुनसुकै अवस्थामा पनि आफ्नो लक्ष्यप्रति अडीक रहन्छन् । यही गुणले यिनीहरुलाई पैसा वचत गर्न अभिप्रेरित गर्दछ ।

कर्कट :

कर्कट राशीका व्यक्तिहरु आफ्नो घरसँग सम्बन्धित कुराहरुमा खर्च गर्न रुचाउँछन् । तर उनीहरुमा आफ्नो आम्दानी र खर्चलाई राम्रोसँग सन्तुलनमा राख्नसक्ने गुण हुन्छन् ।

 

 

 

मकर :

भनिन्छ यस राशीका व्यक्तिहरु केवल बचत गर्नकै लागि कमाउँछन् । मकर राशीका व्यक्तिहरु बचतमा यति सचेत हुन्छन् कि उनीहरु अति आवश्यक नपरि केहीमा पनि खर्च गर्दैनन् । पैसा खर्च हुन सक्छ भन्ने लाग्ने कुरालाई यिनीहरु वास्तै गर्दैनन् ।

कुम्भ :

कुम्भ राशीका मान्छेहरु यति पैसा प्रेमी हुन्छन् कि उनीहरु पैसाका लागि जोखिम मोल्न पनि पछि पर्दैनन् । यिनीहरु आफ्नो आम्दानी र खर्चलाई पूरै ध्यानमा राखेर बचत गर्ने स्वभावका हुन्छन् ।

वि.सं.२०७७ भदौ २७ शनिवार ०७:३२ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...