back
NMB ad

प्रशासनले एक्कासी गर्यो यस्तो निर्णय : असोज १० गतेसम्म कडा रुपमा निषेधाज्ञा,अब के खुल्ने, के बन्द ?

Kumari bank ad

काठमाडौं । अन्ततः असोज १० गतेसम्म पुनः निषेधाज्ञा जारी रहने भएको छ ।

 

 

सिरहामा लगाइएको निषेधाज्ञा असोज १० गतेसम्मको लागि थपिएको छ । शनिबार राति १२ बजे सकिन लागेपछि निषेधाज्ञाको समयावधि पुनः बढाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले बताए।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि गत साउन ३२ गतेदेखि लगाइएको निषेधाज्ञालाई पुनः बढाइएको छ। असोज १० गते राति १२ बजेसम्मको लागि पुनः निषेधाज्ञा बढाइएको प्रजिअ कणेलले जानकारी दिए।

यस अवधिमा हाटबजार, मानिसहरुको भीड हुने सभा सम्मेलन, तालिम, गोष्ठि, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटिपार्लर, जिमखाना, प्रदर्शन, जात्रा, महोत्सवहरुमा रोक लगाइएको छ। यस अवधिमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक तथा साँस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजा, आराधना बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ।

 

 

 

 

स्थानीय प्रशासनले यस निषेधाज्ञा अवधिमा अति आवश्यक कामका लागि निस्कँदा मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी लगायतका मापदण्ड अपनाउन भनेको छ

सार्वजनिक तथा निजी सवारीको हकमा यात्रा गर्नुभन्दा पहिले अथवा यात्रा गरिसकेपछि डिसइन्फेक्ट गर्नुपर्ने, यात्रीलाई स्यानिटाइजरको प्रयोग गर्न लगाउने, निर्धारित भाडामा ५० प्रतिशतभन्दा बढी नलिन भनिएको छ।

स्थानीय प्रशासनले पसलको हकमा औषधि पसलहरुलाई नियमित संचालन गर्ने अनुमति दिएको छ भने खाद्यान्य, दुध, फलफूल, तरकारी, ग्यास, माछा, मासु वा अण्डाको जस्ता पसलहरु विहान ५ बजेदेखि अपराह्न ३ बजेसम्म र अन्य सामान विक्री गर्ने पसलहरु विहान ८ बजेदेखि अपराह्न ३ बजे सम्म सञ्चालन गर्न भनेको छ।

वि.सं.२०७७ भदौ २७ शनिवार १५:२७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...