back
NMB ad

बजारमा हानिकारक स्यानिटाइजर छ्यापछ्याप्ती

Kumari bank ad

काठमाडौं । घरमा स्यानिटाइजर। सवारी साधनमा स्यानिटाइजर। अफिसमा स्यानिटाइजर । खल्तीमै स्यानिटाइजर।  जहाँ गयो त्यहीं स्यानिटाइजर।

 

 

सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला ? विज्ञहरू भन्छन्, ‘नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण बरु मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ।’

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले गरेको प्रारम्भिक अनुसन्धानमध्ये बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावहीन बरु हानिकारक देखाएको छ । उसले २२ ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा दुईखाले हानिकारक जीवाणु ब्याक्टेरियालाई नष्ट गर्ने क्षमता नभएको पाएको छ। ती मानव स्वास्थ्यका लागि हानिकारकसमेत छन्।

नियमन छ तर छैन

औषधि उत्पादक संघका अनुसार देशभर ३ सयभन्दा बढी स्यानिटाइजर उद्योग छन्। तर, औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालन अनुमति लिएका छन्। ती सबैको अनुगमन एवं नियमन गर्न विभाग असमर्थ देखिएको छ।

विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको गुनासोपछि बल्ल उसले ५ वटा उत्पादनलाई प्रतिबन्ध लगाएको छ। विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाइएका थिए। विभागका महानिर्देशक नारायण ढकालका अनुसार ती उत्पादनले स्यानिटाइजरमा ८३ प्रतिशतसम्म मेथानल प्रयोग गरेका छन्। जब कि मेथानलले मानिसको ज्यानै जान सक्छ।

भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका पाँच ब्रान्डका स्यानिटाइजरको नमुना परीक्षण गर्दा तिनमा मानव स्वास्थ्यका लागि हानिकारक मेथानल मिसाएको पाइएको थियो।

ठग्दै, छुटको सहुलियत लिँदै

प्राणघातक मेथानल मिसावट गरेर स्यानिटाइजर उत्पादन गर्ने ती उद्योगले औषधि व्यवस्था विभागबाट अनुमतिसमेत नलिएको पाइएको छ। कानुनतः ती उद्योगले अनुमति नलिई कारोबार गर्न पाउँदैनन्। तर, विभागले दर्ताबिनै सञ्चालनमा रहेका स्यानिटाइजर उद्योगलाई कारबाही गर्न बेवास्ता गरेको छ। उल्टो, उसले असोजसम्म बिनादर्ता त्यस्ता उद्योग सञ्चालन गर्ने छुट दिएको छ।

जनस्वास्थ्यमाथि प्रत्यक्ष प्रभाव पार्ने स्यानिटाइजरको अनियन्त्रित बिक्रीवितरण नियमन गर्न विभाग चुकेको छ। सुरुवातमा स्यानिटाइजरको अनुमति लिन असारसम्मको म्याद दिइएकामा असोजसम्म तन्काइयो। यसले विषाक्त रसायन प्रयोग गरी स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेका उद्योगलाई प्रश्रय दिइरहेको छ।

विभागका महानिर्देशक ढकाल आफैं स्वीकार्छन्, ‘हामीले लाइसेन्स लिएर स्यानिटाइजर उत्पादन गर्न ६ महिना दिएका थियौं। कारबाहीमा पर्ने यी उद्योगले अहिलेसम्म विभागबाट अनुमति लिएका थिएनन्।’ संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबरको स्यानिटाइजर कारोबार भएको अनुमान छ। यो समाचार आजको अन्न्पुर्ण पोस्टले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ भदौ २८ आइतवार ०७:५५ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...