back
NMB ad

‘कर तिर्ने भाका ३ महिना थप’

Kumari bank ad

काठमाडौं । बागमती अञ्चलको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयमा काठमाडौंका ८ ओटा यातायात कार्यालयले सवारी साधनको वार्षिक कर र नवीकरणको अवधि ३ महिना थप्न प्रस्ताव पठाएका छन् ।

 

 

निषेधाज्ञा खुलेपछि यातायात कार्यालयहरूमा सेवाग्राहीको भीड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै यातायात कार्यालयहरूले कर तिर्ने भाका सार्न प्रस्ताव पठाएका हुन् ।

 

आर्थिक वर्ष २०७६/७७ को वार्षिक सवारी कर र नवीकरण कर असार मसान्तभित्र बुझाइसक्नु भए पनि बन्दाबन्दीका कारण सरकारले दुई महीना अवधि थपी भदौ मसान्तसम्म जरीवाना नलाग्ने निर्णय गरेको थियो ।

 

भदौ ३ गतेदेखि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले उपत्यकामा निषेधाज्ञा लगाएका थिए । भदौ २५ गतेदेखि निषेधाज्ञा खुकुलो भएपछि काठमाडौंका आठओटै यातायात कार्यालयमा सेवाग्राहीको भीड बढेको छ ।

 

‘भदौ मसान्तसम्म कर तिरे जरीवाना नलाग्ने निर्णयका कारण कार्यालयमा भीड बढेको छ,’ यातायात व्यवस्था कार्यालय चावहिलका प्रमुख विष्णुकुमार भट्टराईले भन्छन्, ‘सामाजिक दूरीसमेत कायम गर्न नसक्ने अवस्था देखिएपछि कर तिर्ने समय थप्न प्रस्ताव पठाएका हौं ।’

वि.सं.२०७७ भदौ ३० मंगलवार ०८:२७ मा प्रकाशित

You can share this post!

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...