back
NMB ad

२४ घण्टामा दुई गुणाले बढ्यो प्याजको मूल्य, कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्।

 

 

भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि भारतबाट प्याजका गाडी नआएको बताए। उनका अनुसार यस नाकाबाट दैनिक १२ देखि १५ वटा प्याजका गाडी भित्रिने गरेका थिए।

भारतबाट प्याज आयात रोकिएपछि करिब दुई हप्ताअघि ३५ रुपैयाँ प्रतिकिलो रहेको प्याज व्यापारीले बुधबार बिहानसम्म प्रतिकिलो १ सय २० रुपैयाँसम्म पु¥याए। यो मूल्य अझै बढ्ने सम्भावना छ। भारतले निर्यातमा रोक लगाएसँगै व्यापारीले २४ घण्टाभित्र प्याजको मूल्य दुई गुणले बढाएका हुन्।

कृत्रिम अभाव गराएर व्यापारीले प्याजमा कालोबजारी गरिरहेको उपभोक्ताहरू बताउँछन्।एक–दुई दिनभित्र प्याज छोइनसक्नु भएको छ’, ओमसतिया गाउँपालिकाका स्थानीय अच्युत आचार्यले भने, ‘यस्तो महामारीमा पनि कालोबजारी गर्ने व्यापारीलाई तत्काल कारवाही गर्नुपर्छ।’

यस क्षेत्रका व्यापारीले पुरानै स्टकको प्याजमा आफूखुसी मूल्य बढाएका हुन्।

स्थानीय खुद्रा व्यापारीका अनुसार दुई हप्तामा प्याजको प्रतिकिलो मूल्य क्रमशः ३५, ५०, ६०, ७० देखि ह्वात्तै १ सय २० रुपैयाँसम्म पुगेको छ। भैरहवा नाकबाट आयात हुने प्याज काठमाडौं, पोखरा, चितवन, बाग्लुङ, बेनी, स्याङजालगायत स्थानमा पुग्ने गरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १ बिहीवार ०७:२९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...