back
NMB ad

असोज मसान्तभित्र स्थिर ब्याजदर कायम गर्नुपर्ने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्र स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

 

 

केन्द्रीय बैंकले बुधबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो ।नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर कायम गर्नुपर्ने भएको छ ।

यस व्यवस्थाले व्यक्तिको नाममा प्रवाह भएको घर कर्जा, गाडी कर्जालगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ ।

 

‘गत भदौ २८ गते बैंक तथा वित्तीय संस्थाका निम्ति जारी गरेको एकीकृत निर्देशिका २०७७ को ई प्रा. निर्देशन नं. १५÷०७७ को बुँदा ३ को उपबुँदा १४ को व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिएको स्थिर ब्याजदर सोही निर्देशनको बुँदा ३ को उपबुँदा ३ बमोजिम पहिलोपटकका लागि असोज मसान्तभित्र निर्धारण तथा प्रकाशन गर्नुपर्ने ।’ नेपाल राष्ट्र बैंकको निर्देशकामा भनिएको छ ।

आगामी कार्तिक महिनाबाट लागू हुने स्थिर ब्याजदरबाट कर्जाको ब्याजदर बढिरहने समस्या समाधान हुने भएको आजको नेपाल समाचारपत्रमा खबर प्रकाशित छ ।

विगतमा कर्जा लिँदा एउटा ब्याजदर हुने र पछि बढ्दै जाँदा ऋणी समस्यामा पर्ने गरेको गुनासो थियो । नयाँ व्यवस्थापछि ऋणलाई सहुलियत हुने विश्वास केन्द्रीय बैंकको छ ।

बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्ने छ । तर, ग्राहक स्वयम्ले बैंक तथा वित्तीय संस्थाको आधारदर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा भने ब्याजदर परिवर्तन हुन सक्नेछ ।

 

यस्तो हुँदा ब्याजदर तलमाथि हुन्छ अर्थात परिवर्तन हुने रोजेमा कहिलेकाहीँ स्थिर ब्याजदरभन्दा सस्तो पर्ने र कहिले धेरै महँगो हुने गर्छ । तर, स्थिर ब्याजदर भएपछि ऋणीले आफ्नो निश्चित किस्ता तिर्नसक्ने छ । जहाँ घटबढ हुने छैन ।

वि.सं.२०७७ असोज १ बिहीवार ०७:४४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...