back
NMB ad

आजदेखि अनलाइनबाटै कर तिर्ने व्यवस्था

Kumari bank ad

धरान । कर प्रणालीलाई करदातामैत्री बनाउन धरान उपमहानगरपालिकामा बिहीवार (आज) देखि अनलाइन कर प्रणाली सेवा शुरू गरिने भएको छ ।

 

 

उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा शुरू गर्न लागेको हो । सेवाग्राहीले आफूले तिर्नुपर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणालीमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागेको उपमहानगरले बताएको छ ।

 

सेवाग्राहीले मोबाइलमा ‘कनेक्ट आईपीएसरई–सेवा’ बाट उपमहानगरमा बुझाउनुपर्ने भूमि कर, घर तथा घरबहाल कर, व्यवसाय करलगायत सम्पूर्ण करको भुक्तानी गर्ने व्यवस्था गरिएको धरान उपमहानगरको सूचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिए ।

उनले भने, ‘सेवाग्राहीले उपमहानगरलाई आफूले बुझाउनुपर्ने सम्पूर्ण कर अनलाइन प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको छ, विश्वको जुनसुकै ठाउँमा बसेर कर बुझाउन सकिने छ ।’

करदाताले धरान उपमहानगरपालिकाको वेभसाइटमार्फत आफूले बुझाउनुपर्ने शुल्कबारे थाहा पाउन सक्ने छन् । तर, करदाताले आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर करको सिस्टममा अद्यावधिक भने गर्नुपर्ने छ । करदाताले आफूले विगतमा तिरेको करको रसिद लगेर वडा कार्यालयमा गएर आफ्नो सम्पूर्ण विवरण टिपाउनु पर्ने छ ।

सेवाग्राहीको सहजताका लागि वडामा कर तिर्ने व्यवस्था गरिएको बताउँदै अधिकृत खतिवडाले अब सेवाग्राहीको घर–घरमा कर प्रणाली सेवा पु¥याइएको बताए । उनले भने, ‘हामीले सेवाग्राहीको सहजताका लागि वडा वडामा कर तिर्ने व्यवस्था गरेका छौं, अब यो सेवा घरघरमा पु¥याउन शुरू गर्न लागेका छौं, कार्यालयमा आएर लाइन बसेर तिर्ने झन्झटको अन्त्य गर्नका लागि यो सेवा शुरू गर्न लागिको हो ।’

यो सेवा विद्युत् र खानेपानीको विल भुक्तानी गरे जस्तै सजिलो हुने छ । गत वर्षदेखि नै अनलाइन प्रणालीको शुरूवात गर्दै लैजाने योजनाअनुसार शुरुआत गर्न लागिएको अधिकृत खतिवडाको भनाइ छ । आर्थिक अभियानबाट

वि.सं.२०७७ असोज १ बिहीवार ०८:१९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...