काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । मध्यान्ह १२ बजे बस्ने बैठक नियमित बैठक भएको र मन्त्रालयगत एजेण्डाहरुमा छलफल हुने बताइएको छ ।
असोज ३ गते संविधान दिवसका अवसरमा प्रदान गर्ने विभूषणका बारेमा पनि सिफारिस गर्ने बुझिएको छ ।
वि.सं.२०७७ असोज १ बिहीवार १०:३० मा प्रकाशित