काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ थियो ।
यस्तै, हिजो तेजावी सुन प्रति तोला ९७ हजार रूपियाँमा कारोकार भएको महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९६ हजार १ सय मा कारोकार भइरहेको छ ।
हिजो चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय २० रूपियाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ असोज १ बिहीवार १०:५० मा प्रकाशित