back
NMB ad

लकडाउनकै बीच नेपाल बैंकको पाँच वटा एक्सटेन्सन काउण्टर सञ्चालन

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बागल्ङ जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

 

गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकको नयाँ एक्सटेन्सन काउण्टरको नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरे ।

कोरोनाका कारण सामाजिक दुरी कायम गरी काउण्टरको उद्घाटन गदैं नगर प्रमुख भरत शर्मा गैरेले नेपाल बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । उनले गलकोटमा बि.सं २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा बिस्थापित भएको स्मरण गदैं २०७३ सालमा निकै ठुलो प्रयासले पुनस्थापना भएको बताए ।

नगरप्रमुख गैरेले नेपाल सरकारको स्वामित्वनै नेपाली जनताको स्वामित्व भएकोले नेपाल बैंक जनताको बैंक रहेको बताए । उनले नेपाल बैंक लिमिटेड गलकोट शाखाअन्तर्गतको एक्टेन्सन काउण्टरबाट समेत ग्राहकको सेवा र चाहनालाई मध्यजनर गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

२०३८ सालमा गलकोट शाखाको रुपमा हरिचौरबाट सेवा प्रवाह गरेको नेपाल बैक लिमिटेड राजनैतिक परिर्वतनसँगै २०५८ सालमा विस्थापित भएको थियो । २०७३ साल माघ १ गते हरिचौरमा नेपाल बैंकको पुनस्थापना भएको थियो ।

एक्सटेन्सन काउन्टरबाट खाता संचालन, बचत ऋण कारोबार, रेमिटेन्स सेवा सुनचादिँको कारोबार, राजश्व भुक्तानी लगाएत सेवा प्रवाह हुने शाखा प्रबन्धक देबी बोहोराले जानकारी दिए ।

लकडाउन तथा निषेधाज्ञाको हालको विषम परिस्थितिमा समेत नयाँ आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल बैंकद्वारा पाँच वटा एक्स्टेन्सन काउण्टरहरु थप गरी संचालनमा ल्याएको प्रवक्ता अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार यस अघि साउन २३ गते दाङको भरतपुरस्थित क्याम्पस चोकमा, भाद्र १ गते पोखरा लेखनाथस्थित पोखरा नर्सिङ क्याम्पसमा, भदौ १० गते काठमाडौंस्थित अमृत साइन्स क्याम्पसमा, भदौ १५ गते चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा एक्स्टेन्सन काउण्टरहरु थपगरी सेवा प्रबाह सुरु गरिएको छ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १७:०४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...