back
NMB ad

बागमती सरकारद्वारा मुसहरलाई एकिकृत बस्ती हस्तान्तरण

Kumari bank ad

सिन्धुली । बागमती प्रदेश सरकारले आबास विहीन मुसहर समुदायको लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती हस्तान्तरण गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका ३५५ वटा घर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले जनताको साथमा सरकार सधैं रहेको बताउनुभयो । बस्ती बिकाशलाई प्राथमिकता राखेर एकीकृत बस्ती बिकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रदेश सरकारको उपस्तिथि गाउँ गाउँमा हुन थालेको उहाँको भनाई थियो । निर्माण हुन बाकी रहेका स्थानमा पनि छिटो घरहरू निर्माण हुने उहाले जानकारी दिनुभयो ।


सरकारले जनता आवास कार्यक्रम अन्तर्गत एकीकृत बस्ती विकास अनुसार सिमान्तकृत समुदायका लागि घर निर्माण गरिएको उहाँको भनाई छ । सरकारले दुधौली नगरपालिका वडा नम्बर ४ मा ९ वटा, वडा नम्बर ५ मा ४ वटा, ६ नम्बर वडामा २ वटा, ७ नम्बर वडामा ३० वटा, ९ नम्बरमा १८० वटा, १० नम्बर वडामा ५० नम्बर ११ वडामा ८० वटा घर निर्माण गरीएको शहरी बिकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । ११ करोड २२ लाख रुपैयाँ लागतमा घर निर्माण भएको जानकारी दिनुभयो ।

हाल दुधौलीमा ५९० परीवार लाभग्राही रहेको उहाँले जानकारी दिनुभयो । अन्य लाभग्राहीका लागि थप प्रदेश सरकारले निर्माण गरेको नगरपालिकाका ३५५ वटा घर भएको मुसहर बस्तीको घरको साँचो संविधान दिवशको अवसर पारेर मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश सरकारले आबास विहीन अति सिमान्तकृत माझी, मुसहर, बोटे र चेपाङलगायतका लागि प्रदेशका अन्य स्थानमा पनी एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ ।

कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुयाल, प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य, प्रदेश सभा सदस्यलगायत सहभागी हुन्हुन्थ्यो ।

वि.सं.२०७७ असोज २ शुक्रवार १८:२२ मा प्रकाशित

You can share this post!

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२७

चितवन, १० जेठ : अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान...

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२३

राँझा (बाँके), १० जेठ : हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया...

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...