back
NMB ad

विद्यालय संचालन सम्वन्धी फेरि आयो यस्तो निर्णय !

Kumari bank ad

काठमाडौं । अन्तत: असोज १० गतेदेखि विद्यालय संचालन हुने भएको छ ।

 

 

डडेल्धुराको अजयमेरु गाउँपालिकाले असोज १० गतेबाट विद्यालय सञ्चाल गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण दर शून्य रहेको गाउँपालिकामा अहिले विद्यालय सञ्चालनका लागि अभिभावकको राय सुझाव संकलन भइरहेको छ ।

गाउँपालिकामा रहेका बालबालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय लिन असोज ७ भित्र भेला बोलाई छालफल गर्न पत्राचार गरेको जनाएको छ ।

 

अभिभावकसँगको छलफलपश्चात बालबालिकाको पढाइलाई नियमितता दिने गाउँपालिको सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता शिवराज भट्टले जानकारी दिए। शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रिस्तरीय बैठकबाट पारित निर्णयअनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा विभिन्न विकल्प प्रस्तुत गरेको थियो।

निर्देशिकाको दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विशेष कोरोनाको संक्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष सिकाइ क्रियाकलापगर्न बाधा हुने छैन भन्ने निर्णयअनुसार अजयमेरु गाउँपालिकाले पनि स्थानीय तहमा अवस्था सामान्य रहेको कुरा उल्लेख गर्दै केही दिन अगाडि विद्यालय खोल्ने पालिकास्तरीय निर्णय पारित गरेको छ ।

कोभिड–१९ को अवस्था अजयमेरु गाउँपालिकामा समान्य रहेको भन्दै अभिभावकसँगको सल्लाहपछि विद्यालय खोल्ने जनाएको छ । भदौ ७ गतेसम्म गाउँपालिकाभित्र रहेका विद्यालयले अभिभावकसँग छलफल गरी सुझाव पेस गर्ने परिपत्रअनुसार भेला बोलाउन लागेको विद्यालयहरूले जनाएको छ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १९:०२ मा प्रकाशित

You can share this post!

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...