back
NMB ad

मेलम्चीपछि याङ्री र लार्केको पानी राजधानी ल्याउन टिबीएम प्रविधिको सुरुङ बनाइने

Kumari bank ad

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी सुरु भएको छ।

 

 

पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो। डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो।

 

यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारीमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति लागेको हो।

 

दोस्रो चरणको याङ्री र लार्केको पानी राजधानी ल्याउन पनि डिबीएम प्रविधिबाट नै काम गर्ने गरी लागत अनुमान गरिएको थियो। यो प्रविधिबाट करिब ११ किमी सुरुङ बनाउँदा रु १० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो। डिबीएम प्रविधिबाट काम ढिला हुने देखिएकाले नयाँ प्रविधि उपयोग गर्ने गरी आयोजना समीक्षामा लागेको हो।

 

मेलम्ची खोलाको मुहानस्थल हेलम्बु गाउँपालिकाको अम्बाथानबाट याङ्री नौ किलोमिटर टाढा पर्छ। याङ्रीबाट लार्के दुई किमीको दूरीमा पर्छ। याङ्री र लार्के दुवै खोला सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पर्छ।

करिब ११ किमीको यो दूरीमा ‘टनेल बोरिङ मेसिन’ ९टिबीएम० प्रविधिबाट काम गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको आयोजनाको ‘हेडवक्र्स’ र सुरुङमार्ग हेर्नुहुने उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले राससलाई जानकारी दिनुभयो।

यो प्रविधिबाट सुरुङ बनाउँदा यन्त्रको प्रयोग गरिन्छ। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

वि.सं.२०७७ असोज ५ सोमवार ०८:१७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...