back
NMB ad

६ महिनापछि खुल्यो आन्तरिक उडान

Kumari bank ad

काठमाडौं । ६ महिनापछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

 

 

सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

 

कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप सरकारले आन्तरिक उडानमा लगाएको प्रतिबन्ध भदौ २९ को मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो ।

सोमबारदेखि वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन् । यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ ।

 

त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।

लामो समयपछि खुला भए पनि आन्तरिक उडानको टिकट बुकिङ उत्साहजनक नै रहेको छ । यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सोमबारको उडानका लागि ७० प्रतिशतसम्म टिकट बुकिङ भएको छ ।

अन्तिम समयसम्म पनि बुकिङ खुला रहने भएकाले यो सङ्ख्या अझ बढ्नसक्ने उहाँले बताउनुभयो । सोमबार यतीले ११ वटा उडान गर्नेछ । त्यस्तै बुद्ध एयरका दीपेन्द्र कर्णका अनुसार आइतबार दिउँसोसम्म ८० प्रतिशत टिकट बुकिङ भइसकेको छ ।

बुद्धले काठमाडौँबाट सोमबार १८ वटा उडान गर्ने अनुमति पाएको छ । श्री एयरलाइन्सले भने आन्तरिक कारण देखाउँदै भोलि उडान नगर्ने भएको छ ।गोरखापत्र दैनिकबाट

वि.सं.२०७७ असोज ५ सोमवार ०८:२६ मा प्रकाशित

You can share this post!

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनेमा ग्लोबल आइएमई बैंक, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:३७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा...

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२९

काठमाडाैँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास...

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

लगानी सम्मेलनमा दुई वटा सम्झौता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२६

काठमाडौँ, १६ वैशाखः तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज...