back
NMB ad

खुल्यो युनाइटेड इदी–मार्दीको आईपीओ, कति कित्तासम्म भर्न पाइने ?

Kumari bank ad

काठमाडौं । युनाइटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ।

पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

जसअनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ।

आईपीओमा स्थानीयले छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्ने छन् । यस्तै ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईपीओ क्यापिटल लिमिटेड छ।

२०७६ असोज २० गतेदेखि ७ मेगावाटको माथिल्लो मार्दि खोला आयोजनाबाट व्यापारिक रुपमा बिजुली उत्पादन सुरु गरेको हो । आयोजना बनाउन प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको छ।

वि.सं.२०७७ असोज ७ बुधवार ११:१५ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...