back
NMB ad

चार करोड लागतमा पौवादुङमा विद्युत् विस्तार हुँदै, अघि बढ्यो प्रक्रिया

Kumari bank ad

भोजपुर । पौवादुङमा गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्यत् बिस्तार गर्न प्रक्रिया अगाडि बढेको छ। उज्यालो गाउँपालिका बनाउने लक्ष्यका साथ विद्युत् बिस्तार गर्न बोलपत्र आह्वान गरिएको हो।

वडा नम्बर १ श्यामशीलादेखि वडा नम्बर ६ ठूलोदुम्मासम्म विद्युत् वितरण गर्नको लागि बोलपत्र प्रक्रिया बढिसकेको गाउँपालिकाले जनाएको छ।

चालु आर्थिक वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्यका साथ काम सुरु भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। ‘उज्यालो गाउँपालिका बनाउने हाम्रो लक्ष्यलाई पूरा गर्न विद्युत् विस्तारको लागि बोलपत्र आह्वान भएको छ,’ उनले भने, ‘कामको दौडानमा कुनै चुनौती नआएमा चालु आर्थिक वर्षभित्रमा विद्युत् विस्तारको काम सम्पन्न हुन्छ।’ गाउँपालिकाले सबै घरमा उज्यालो बनाउनका लागि सरोकारवाला पक्षसँग समन्वय गरेर कामको थालनी गर्न लागेको अध्यक्ष राईले बताए ।

यसले जनताको विकासको चाहानालाई पूरा गर्न धेरै मद्दत पुग्ने उनको भनाइ छ। ‘हाम्रो स्थानीय तहमा आएको बजेटले सबै ठाउँमा विस्तार गर्न सम्भव थिएन।

यसर्थ हामीले सरोकारवाला निकायसँगे निकै ठूलो पहल र प्रयत्न गरेर यो कामलाई सम्भव बनाएका छौँ,’ अध्यक्ष राईले भने, ‘यसका लागि मुख्यमन्त्री शेरधन राईले पनि निकै चासोका साथ कामलाई अगाडि बढाउन निर्देशन दिनुभएको छ।’ गाउँपालिकाको केही क्षेत्रमा केन्द्रीय विद्युत् प्रसारण लाइन जोडिए पनि अधिकांश दुर्गम क्षेत्रका स्थानीय विद्युत् सेवाबाट बञ्चित छन्।

गाउँपालिकाभित्र तीन हजारभन्दा बढी घरपरिवारको बसोबास रहेको छ। गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि ठूलो बजेट लाग्ने भएपछि दुर्गम क्षेत्रका स्थानीयबासीलाई लक्षित गरेर सौर्यबत्ती लगायतका सामग्री वितरण गर्दै आएको छ।

अहिले गाउँपालिका केन्द्र च्याङ्ग्रेका केही भाग, वडा नम्बर २ तिवारीभञ्याङको करिब ७० प्रतिशत र वडा नम्बर १ श्यामशीला र वडा नम्बर ५ सानोदुम्माको केही भागमा मात्र विद्युत् विस्तार भएको छ। प्रदेश १ सरकारले घरघरमा उज्यालो पुर्याउने अभियानअन्तर्गत विद्युत् विस्तारको प्रक्रिया शुरु गरिरहेको हो।

पौवादुङमा गाउँपालिकामा विद्युत् विस्तारका लागि चार करोड ४० लाख रुपैयाँको बोलपत्र आह्वान गरिएको भोजपुर वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले जानकारी दिए। यसमध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामको लागि ९९ लाख ५३ हजार ६३३ रुपैयाँ खर्च हुने उनको भनाइ छ।

सबै प्रक्रिया सम्पन्न गरेर मंसिर अन्तिमदेखि काम शुरु गरिने प्रमुख घिमिरेले बताए। दुई नगरपालिका र सात गाउँपालिकामध्ये भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमयुङ गाउँपालिकामा केन्द्रीय प्रशारणलाइन र स्थानीय स्तरमा उत्पादन भएको विद्युत् गरी गाउँपालिकामा ९७ भन्दा प्रतिशत बढी विद्युत्को पहँुच पुगेको गाउँपालिकाका प्रवक्ता सुनिल राईले जानकारी दिए।

दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाको करीब १० प्रतिशत भू–भागमा मात्र विद्युत् विस्तार भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।

भोजपुर नगरपालिकाको सबै वडामा नै विद्युत् पुगेको भए पनि केही वडाका सबै घरपरिवारमा पुग्न केहि समय लाग्ने भोजपुर नगरपालिका उपप्रमुख ममिता राईले बताइन्।

यता षडानन्द नगरपालिकाका करीब ७० प्रतिशत क्षेत्रमा विद्युत विस्तार भइसकेको र अन्य क्षेत्रमा पनि विस्तारको काम भईरहेको उप प्रमुख मेरिका राईले बताइन्।

साल्पासिलिछो, आमचोक र अरुण गाउँपालिकाको केही वडामा विद्युत विस्तार भए पनि पनि अधिकांश ठाउँमा विद्युत् पुग्न सकेको छैन। ती स्थानीय तहले पनि सबै ठाउँमा विद्युत् विस्तार गर्ने लक्ष्यका साथ योजना बनाएर काम अगाडि बढाएको बताउने गरेका छन्।

नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार भोजपुरमा हालसम्म ४७ प्रतिशत जनता विद्युतको पहँचमा रहेका छन्।

वि.सं.२०७७ असोज ७ बुधवार ११:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...