काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ७ दशमलव ४३ अंकले बढेर १ हजार ५६८ दशमलव ६९ विन्दुमा पुगेको छ ।
१ हजार ५६९ दशमलव शून्य ६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४८ प्रतिशत बढेको छ ।यस अवधिमा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक स्थिर रहेको छ ।
बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, अन्य र जीवन बीमा समूहको परिसूचक बढेको छ भने निर्जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।
पहिलो घण्टाको अवधिमा १७७ ओटा कम्पनीको ९ हजार २९७ पटकको कारोबारमा २२ लाख २७ हजार ५८२ कित्ता शेयरको रू. ४८ करोड ९८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
वि.सं.२०७७ असोज ११ आइतवार १२:०६ मा प्रकाशित