back
NMB ad

पुसभित्र मोबाइल मनी सञ्चालन गर्ने टेलिकमको तयारी

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले आगामी पुसभित्र मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्न मिल्ने सेवा सुरु गर्ने तयारी थालेको छ ।

 

मोबाइल मनी सेवा सुरु गर्न आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव शुक्रबार खोलिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

प्राविधिक मूल्यांकन सकिएपछि १० दिनभित्र ठेक्काको नतिजा सार्वजनिक गरिनेछ । ‘प्राविधिक मूल्यांकनपछि ठेक्का नतिजा आउँछ र सम्झौता भएको तीन महिनाभित्र काम गर्ने गरी सम्झौता गर्नेछौं,’ उनले भने, ‘पुसभित्र सेवा सुरु गर्ने योजना छ ।’ मोबाइलमा रहेको ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने सेवा सुरु गर्न राष्ट्रिय वाणिज्य बैंक र टेलिकमले संयुक्त रूपमा छुट्टै कम्पनी स्थापना गरेका छन ।

मोबाइल मनी सेवा सुरु गर्न टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले गत माघ १४ मा अनुमति दिएको थियो । त्यसलगत्तै माघ २५ मा एनसेललाई पनि प्राधिकरणले यस्तै खालको सेवा सुरु गर्न अनुमति दिएको थियो । कान्तिपुर दैनिकमा खबर प्रकाशित छ।

वि.सं.२०७७ असोज १२ सोमवार ०७:३४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...