back
NMB ad

इजरायलसँग बागवानी सम्झौता गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि मन्त्रालयका उपसचिव गङ्गा आचार्यले जानकारी दिए।

 

नेपालको कृषि क्षेत्रका लागि इजरायलले प्रविधिमा सहयोग गर्ने प्रस्ताव यसअघि गरेको थियो । त्यसैको आधारमा मन्त्रिपरिषद्ले इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको आजको गोरखापत्र दैनिकमा खबर प्रकाशित छ ।

सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यलाई अख्तियारी दिइएको कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले बताए ।

यसैगरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त हुनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले उनलाई नियुक्त गर्ने निर्णय गरेको उपसचिव आचार्यले जानकारी दिए।

डा. भण्डारी यसअघि छ महिनादेखि नार्कमा कार्यवाहक कार्यकारी निर्देशक हुनुहुन्थ्यो । वरिष्ठताका आधारमा मन्त्रालयले कार्यकारी निर्देशकमा सिफारिस गरेको उपसचिव आचार्यले बताए।

वि.सं.२०७७ असोज १२ सोमवार ०७:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...