back
NMB ad

‘एक विद्यालय एक नर्स कार्यक्रम’ धादिङका २६ विद्यालयमा सञ्चालन हुने

Kumari bank ad

धादिङ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ धादिङ जिल्लाका २६ वटा सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन हुने भएको छ ।

धादिङको १३ वटा स्थानीय तहको प्रत्येकमा दुईरदुईवटा पर्ने गरी चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन हुन लागेको हो। गत असार ३१ मा मन्त्रीस्तरीय निर्णयले धादिङको विद्यालयमा पनि उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।

 

आर्थिक वर्ष २०७५/७६ मा बागमती प्रदेशका १३ जिल्लाका २० वटा सामुदायिक माध्यमिक विद्यालयमा नमुना कार्यक्रमको रुपमा शुरुवात भएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएपछि सामाजिक विकास मन्त्रालयले प्रदेशका ११९ वटै स्थानीय तहमा बिस्तार गरेको हो।

 

स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले प्रत्येक बालबालिकाको स्वाथ्य रेखदेखका लागि विद्यालय नर्स कार्यक्रम सुरु गरिएको मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए।

प्रवक्ता सुवेदीका अनुसार कार्यक्रम लागू भएका विद्यालयमा खटिने नर्सले प्रत्येक विद्यार्थीको स्वास्थ्यबारे जानकारी लिनुका साथै उनीहरूलाई आफूसँगै घर परिवारलाई स्वस्थ रहने तरिकाबारे पनि सिकाउने छन्।

नर्सहरूका लागि प्रत्येक विद्यालयले दुईवटा कोठाको व्यवस्था गर्नुपर्नेछ। एउटा कोठामा विद्यार्थीका उपचार तथा स्वास्थ्य परामर्शलगायतका सेवा दिन र अर्को कोठा नर्सका लागि आवश्यक सामग्रीहरू राख्नका लागि छुट्याइएको छ।

मन्त्रालयले विद्यालयमा खटेका नर्सहरूलाई आवश्यक ल्यापटप, उपचारका सामग्री तथा विभिन्न औषधिहरू समेत उपलब्ध गराउनेछ। धादिङमा परीक्षणका रुपमा आर्थिक वर्ष २०७५/७६ मा बेनिघाट रोराङको चन्द्रोदय माविमा शुरुवात गरिएको कार्यक्रम अघिल्लो वर्ष गल्छी र नीलकण्ठ नगरपालिकामा बिस्तार गरिएको थियो।

वि.सं.२०७७ असोज १२ सोमवार ०७:५१ मा प्रकाशित

You can share this post!

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...