back
NMB ad

नियन्त्रणको सोच रहेसम्म लगानी कानूनमा सुधारले मात्र केही हुँदैनः निजी क्षेत्र

Kumari bank ad

वीरगञ्ज । सरकारले लगानी आकर्षणका लागि सरोकारका मौजुदा कानूनहरूमा सुधारको पहल थालेका बेला निजीक्षेत्रले नीतिगत सुधारसँगै कार्यान्वयन तहको नियतसमेत सुधारिनुपर्ने बताएका छन् ।

 

नीतिनियम कार्यान्वयनको तहमा निजीक्षेत्रप्रति नियन्त्रणको सोच रहेसम्म कानूनी सुधारले मात्रै उपलब्धि नहुने दाबी उनीहरूको छ । उद्योग मन्त्रालयको औद्योगिक प्रवर्द्धन तथा लगानी बोर्डले लगानीसँग सम्बद्ध कानूनमा गरिनुपर्ने सुधारका लागि सुझाव संकलन गरिरहेको छ ।

निजीक्षेत्रले लगानीसँग सम्बद्ध कानूनका अव्यावहारिक प्रावधानमा संशोधनका विषयहरू समेटेर सुझाव पठाउन थालेका छन् । अर्थराजनीतिक विश्लेषक जगदीशप्रसाद अग्रवाल सरकार र संसद् दुवैले समितिहरू बनाएर अध्ययन थाल्नु समस्याको स्वीकारोक्ति भएको बताउँछन् ।

अहिलेसम्म सरकारले लगानीमैत्री वातावरणको दाबी गर्दै आए पनि कानूनमा सुधारको पहलले समस्यालाई स्वीकार गरेको तर्क अग्रवालको छ ।‘लगानीको अवरोधका रूपमा देखिएका कानूनी प्रावधानमा संशोधनको पहल थाल्नु सकारात्मक हो ।

तर, अहिले बनाइएका समितिको आवरण हेर्दा त्यसबाट अर्थतन्त्रको बृहद् विषय सम्बोधन हुन सक्नेमा आशंका हुन्छ,’ निम्बस समूहका अध्यक्षसमेत रहेका अग्रवालले भने ।

लगानी आकर्षणलाई अर्थतन्त्र उकास्ने मुख्य औजार मानिए पनि अपेक्षित लगानी नआएपछि सरकारले लगानीसित सरोकार राख्ने कानूनहरूमा संशोधनको पहल अघि बढाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा बनाइएको उपसमितिले डेढ महीनामा बुझाउने प्रतिवेदनका आधारमा कानून संशोधनको प्रक्रिया अघि बढाउने तयारी सरकारको रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार ०८:११ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...