back
NMB ad

चाडपर्व नजिकिए पनि व्यापार बढेन

Kumari bank ad

काठमाडौं । दशैंतिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्नुका साथै व्यापार पनि बढ्नुपर्ने हो ।

 

तर, कोरोना महामारीको प्रभावका कारण यस वर्ष चाडबाड नजिकिए पनि बजारमा खासै चहलपहल बढेको छैन र व्यापार व्यवसाय पनि बढ्न सकेको छैन ।

गतवर्षहरूमा वर्षभरि हुने व्यापारको आधा अंश दशैं र तिहारकै बेलामा हुने गथ्र्यो । तर, यस वर्ष व्यापारीहरूले दशैंतिहारको समयमा समेत लत्ताकपडाको व्यापार व्यवसाय करीब २० प्रतिशतभन्दा माथि नजान बताएका छन् ।

राष्ट्रिय व्यापार संघ न्यूरोडका कोषाध्यक्ष रामचन्द्र पराजुलीले बन्दाबन्दी खुलेपश्चात् बजारमा मानिसहरूको चहलपहल बढेको भए पनि महामारीको प्रभावका कारण उपभोक्ताको क्रयशक्ति घटेकाले गर्दा व्यापार बढ्न नसकेको बताए ।

सार्वजनिक यातायात खुलेको अवस्था भए पनि भाइरसको त्रासका कारण उपत्यकाबाहिरका व्यापारीहरूसमेत दशैंलक्षित सामान किन्न उपत्यका छिर्न सकेका छैनन् । यसअघि १ लाखको सामान खरीद गर्ने व्यापारीहरूले यति बेला ४०र५० हजारको मात्र सामान खरीद गर्ने गरेको उनले सुनाए ।

नेपालमा अन्य समयको तुलनामा दशैं र तिहारको समयमा जुत्ताचप्पल र लत्ताकपडाको व्यापार करीब ४० प्रतिशतले बढ्ने गर्छ । त्यस्तै, खाद्यान्नको उपभोगमा समेत यो समय वृद्धि हुने गरेको व्यवसायीहरू बताउँछन ।

तर, यस वर्ष महामारीको प्रभावका कारण लाखौं मानिसको आम्दानी प्रभावित हुन पुग्दा त्यसको प्रत्यक्ष असर उपभोक्ताको क्रयशक्तिमा पर्न गई उपभोग घट्दा व्यापार हुन नसकेको व्यापारीहरूको बुझाइ छ ।

हरेक वर्ष व्यापारीहरूले दशैंतिहारका लागि लक्षित गर्दै छिमेकी देश चीन र भारतबाट मात्रै करीब ३० अर्व नेपाली रुपैयाँ बराबरको तयारी कपडा आयात गर्ने गर्छन् । तर, यस वर्ष भारत तिरबाट सामान आयात भइरहेको भए पनि चीन तर्फबाट भने करीब १० महीनादेखि केरुङ नाकामा रोकिएका सामान अहिलेसम्म पनि आउन सकेका छैनन् ।

केही दिनअघि केरुङ नाका खुले पनि त्यहाँबाट फलफूललगायत अत्यावश्यक सामान मात्र आइरहेको छ । यसले गर्दा व्यापारीहरूमा तनाव थपिएको नेपाल राष्ट्रिय व्यवसायी संघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

थोक बजारमा व्यापार केही हदसम्म बढेको देखिए पनि खुद्रा बजारमा व्यापारको अवस्था सुध्रन नसकेको उनले बताए । नेपाल वितरक संघका कोषाध्यक्ष राजु पौडेलको भनाइ पनि त्यस्तै रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १३ मंगलवार ०८:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...