काठमाडौ । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले एमफिलको परीक्षा फारम खोलेको छ ।
ग्राजुएट स्कूल अफ एजुकेशन एमफिल पहिलो सेमेष्टर (पूर्णकालीन अठारौं ब्याच तथा आंशिककालीन पहिलो ब्याच) मा अध्ययनरत विद्यार्थीले असोज ३० गतेसम्म परीक्षा फारम भर्न आग्रह गरेको हो।
परीक्षा फारम भर्न शुल्क बैंक खातामा पाँच सय ७५ जम्मा गर्नुपर्नेछ । परीक्षा फारम भर्नु पूर्व पहिलो सेमेस्टर वापतको शुल्क अनिवार्यष रूपमा बुझाएको हुनुपर्ने प्राध्यापक डाक्टर विनोदप्रसाद ढकालले निकालेको सूचनामा उल्लेख छ ।
यस्तो छ सूचनाः
वि.सं.२०७७ असोज १६ शुक्रवार १४:२८ मा प्रकाशित