back
NMB ad

यस्तो बन्यो मिसन जान प्रहरीमा नयाँ मापदण्ड

Kumari bank ad

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन जान अब नेपाल प्रहरीका सबै जना कार्यक्षमता र ज्येष्ठताका आधारमा अनिवार्य रूपमा जान पाउने व्यवस्था गरिएको छ ।

 

प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन ‘यूूएन फम्र्ड पुलिस युनिट’ (एफपीयूू)मा जाने प्रहरी कर्मचारी छनोट सम्बन्धी मापदण्ड, २०७७ मा यस्तो व्यवस्था गरिएको हो ।

नेपाल प्रहरीको एफपीयू मिसन छनोटमा पारदर्शिताको विषयमा प्रश्न उठेपछि प्रहरी नायव निरीक्षक (सईं) देखि प्रहरी नायव उपरीक्षक (डीएसपी) तह सम्मका प्रहरी अधिकृतका लागि यो मापदण्ड जारी गरिएको हो ।

यो मापदण्ड अनुसार नोकरी अवधिभर कुनै पनि एफपीयूू र इन्डिभिडिअल पुलिस अफिसर (आईपीओ)का रूपमा सहभागी नभएका प्रहरी अधिकृत कर्मचारी मात्र एफपीयूू छनोटमा सहभागी हुन पाउनेछन् । यसमा ज्येष्ठतालाई प्राथमिकता दिइएको छ ।

त्यस्तै एफपीयूू कन्टिनेन्टमा खटिने प्रशासन तर्फका प्रहरी नायव उपरीक्षक (डीएसपी)मध्ये एक जना यूूएन मिसनमा सहभागी भई स्वदेश फिर्ता भएको तीन वर्ष पूरा भएमा कार्यदक्षता र कार्यक्षमताका आधारमा र अर्को एक जना एक पटक पनि मिसन नगएका मध्येबाट ज्येष्ठताका आधारमा महानिरीक्षकबाट छनोट गरिनेछ ।

प्रशासन तर्फका छ प्रहरी निरीक्षकमध्ये एक जना शान्ति मिसनमा सहभागी भई स्वदेश फर्किएको कम्तीमा दुई वर्ष कार्यक्षमता तथा ज्येष्ठताका आधारमा महानिरीक्षकले छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । बाँकी पाँच जनाको भने शान्ति मिसन सिफारिस समितिले निर्णय गर्ने अधिकार प्रदान गरिएको छ ।

जुनियर प्रहरी अधिकृत प्रहरी नायव निरीक्षकमध्ये १३ जना एक पटक पनि नगएको ज्येष्ठताका आधारमा छनोट गरी पठाउने तयारी गरिएको छ । प्राविधिक प्रहरीको हकमा पनि सोही व्यवस्था लागू गरिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई), हवल्दार र सिपाहीको छनोट प्रक्रिया भने यूूएन शान्ति मिसन छनोट समितिले गर्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १८ आइतवार ०७:५१ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...