back
NMB ad

१५ अंकले बढ्यो शेयर बजार, ३ अर्ब बढीको कारोबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक करिब १५ अंक बढेको छ ।

 

गत साताको अन्तिम कारोबार दिन २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको नेप्से यस दिन १४.७१ अंक बढेर १५८५.७५ विन्दुमा पुगेको छ ।

 

आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ । आज १९५ कम्पनीको ४५ हजार ७६३ पटकको कारोबारमा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदबिक्री भएको छ ।

गत साताको अन्तिम कारोबार दिन २ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । कारोबारमा आएका अधिकांश उपसमूहको परिसूचक बढेसँगै यस दिन नेप्सेमा पनि सुधार देखिएको छ ।

आज कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकिङ्ग, व्यापार, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ भने हाइड्रोपावरको १.१८ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २५ करोड ७७ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, हिमालयन डिष्टिलरी र नेपाल बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

नेप्से परिसूचक उकालो लागेसँगै यस दिन दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन कर्पोरेटको शेयरमूल्य १८ रुपैयाँ बढेर २१० रुपैयाँमा र प्रोग्रेशिभको १२ रुपैयाँ बढेर १३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

वि.सं.२०७७ असोज १८ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...