back
NMB ad

उपत्यकाका कार्यालयहरु बन्द गर्ने निर्णय !

Kumari bank ad

काठमाडौं । कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि उपत्यकाका २ वटा यातायात कार्यालय बन्द भएका छन्।

गत मंगलबार ३ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गर्नुपरेको यातायात व्यवस्था सेवा कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए।

‘पहिले कार्यालयमा भएको बैंकका २ जनालाई संक्रमण देखियो। त्यसपछि हामीले कर्मचारीहरुको पिसिआर गराउँदा ३ जनाको रिपोर्ट पोजेटिभ आयो,’ उनले भने।

त्यस्तै गत शुक्रवार यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र, सानो भर्याङका कर्मचारीलाई संक्रमण देखिएपछि शुक्रबारदेखि सेवा बन्द भएको हो।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पनि एक कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको कार्यालय प्रमुख दिपक कुमार पोखरेलले जानकारी दिए।

‘हाम्रो एक जना कर्मचारीलाई संक्रमण देखिएको छ। तर हालसम्म सावधानी अपनाएर काम गरिरहेका छौं। केही समय कार्यालय बन्द गर्न हामीले सिसिएमसीसगँ कुरा राखेका छौं,’ उनले भने।

वि.सं.२०७७ असोज १९ सोमवार १४:१६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...