back
NMB ad

यस वर्ष राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण नगर्ने

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमण जोखिमका कारण यस वर्ष दशैंका लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे हो ।

हिन्दू नेपालीहरुको महत्वपूर्ण चाड दशैंको विशेषता भनेकै राम्रो लगाउने र मिठो खाने, ठूलावडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोटको कुरा हुन आउँछ । तर नेपाल राष्ट्र बैंकले यस वषको दशैंका लागि नयाँ नोट निष्काशन नगर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको कारण राष्ट्र बैंक उक्त निष्कर्षमा पुगेको हो । नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्नसक्ने भन्दै केन्द्रीय बैंकले यस वर्ष दशैंको लागि नयाँ नोट नल्याउने निर्णय लिएको हो ।

अघिल्ला वर्षहरुका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने गरेको थियो ।

राष्ट्र बैंकले यस वर्ष फरक तरिकाले जस्तै बैंक तथा वित्तीय संस्था मार्फत लिइने भुक्तानी, निक्षेपको भुक्तानी, पारिश्रमिक भुक्तानी जस्ता माध्यमबाट नयाँ नोट परिचालन हुने र सो तरिकाबाट सर्वसाधारणले नयाँ नोट प्राप्त गर्न सक्ने जनाएको छ ।

गत वर्षको दशैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँको नयाँ नोट वितरण गरेको थियो । हाल ५ खर्ब ९२ अर्ब रुपैयाँ नोट सर्कुलरमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै कोरोनाले संकटमा परेको अर्थतन्त्र चलायमान बनाउन र सस्तो व्याजदरमा सर्वसाधारणले कर्जा पाउने व्यवस्था गर्न राष्ट्र बैंकले कर्जाको व्याजदर घटाएको र बैंकहरुलाई कर्जाको दायरा बढाउन कुल निक्षेपको ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

वि.सं.२०७७ असोज २० मंगलवार ०७:०९ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...