back
NMB ad

सरकारद्वारा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण

Kumari bank ad

काठमाडौं । सरकारले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सहायक सामग्रीको सहज पहुँचमा पुग्न नसकेका २४० जना अपांगता भएका व्यक्तिलाई आधुनिक मोडलको ह्वीलचियर वितरण गर्नु भएको हो ।

बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच वितरण गरिएको सो ह्वीलचियरको बजार मूल्य १५ हजारदेखि २ लाख ५० हजारसम्मका रहेका छन । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसका कारण झनै समस्यामा परिरहेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिने बताउनु भयो ।

उहाँले भौतिक पूर्वाधारसहितको अपांगता मैत्री वातावरण निर्माणमा ध्यान दिन पनि सबैलाई आह्वान गर्नु भयो । ‘अपांगता मैंत्री वातावरण निर्माणमा लाग्न म सबैलाई आह्वान गर्दछु,’ मन्त्री गुरुङले भन्नु भयो,‘कोराना भाईरसका कारण झनै संकटमा परेका अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिन्छ ।’

‘अम होँङ गिल ह्युमन फाउन्डेशन’को सहयोगमा उपलब्ध गराएको सो ह्वीलचियर काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि आवश्यक्ता अनुसार वितरण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय अपांग कोषका सभापति रमेश लामाले जानकारी दिनु भयो ।

त्यस अवसरमा मन्त्री गुरुङले अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर उपलब्ध गराएको सो फाउन्डेशनप्रति आभार पनि व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिव पुस्कर खाती, राष्ट्रिय अपांग महासंघ–नेपालका अध्यक्ष मित्रलाल शर्मा तथा अपांगताका क्षेत्रमा कार्यरत संघ, संस्थाहरुको पनि उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ असोज २१ बुधवार १७:१३ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...