back
NMB ad

महसुुल भुक्तानी नहुँदा बढ्यो विद्युत् बक्यौता

Kumari bank ad

विराटनगर । कोरोना महामारीका कारण नेपाल विद्युत् प्राधिकरणको बक्यौता गत वर्षको तुलनामा दोब्बर पुुगेको छ ।

विद्युत् प्राधिकरणको प्रदेश १ कार्यालयले गत वर्ष यही समय २ करोड ३ लाख महसुल बक्यौता रहेको थियो भने यसपटक ४ करोड ९६ लाख पुुगेको छ ।

महामारीका कारण अघिल्लो आर्थिक वर्षको सुरुको दुई महिनामा रहेको बक्यौता यस आर्थिक वर्षको सोही अवधिमा दोब्बर बढी पुगेको हो । अघिल्लो वर्ष २ करोड ३ लाख महसुल बक्यौता रहेको कार्यालयमा यस आर्थिक वर्ष साउन र भदौमा ४ करोड ९६ लाख बक्यौता पुगेको हो ।

विद्युत् प्रतिकरणको प्रदेश १ मा २४ वटा वितरण केन्द्र रहेका छन् । ती वितरण केन्द्रबाट यस आर्थिक वर्षको दुई महिनामा ३ अर्ब ८५ करोड ७९ लाख मूल्य बराबरको विद्युत् खपत हुँदा ३ अर्ब ८० करोड ८२ लाख मात्र संकलन भएको विद्युत् प्राधिकरण प्रदेश १ कार्यालयले जनाएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा ३ अर्ब ७३ करोड ५८ लाखको विद्युत् खपत हुँदा ३ अर्व ७१ करोड ५५ लाख महसुल संकलन भएको थियो । कार्यालयले आर्थिक वर्ष ०७६र७७ को फागुन महिनामा ९० प्रतिशत महसुल संकलन गरेको थियो ।

चैतमा कोभिड– १९ संक्रमणका कारण बन्दाबन्दी भएसँगै संकलन घटेर ३९ प्रतिशतमा पुगेको प्राधिकरण प्रदेश १ कार्यालयका लेखा प्रमुख साधव भण्डारीले जानकारी दिए ।

कार्यालयमा जेठमा ७७ प्रतिशत संकलन भएकामा असारमा १२१ प्रतिशत महसुल संकलन भएको थियो । त्यसैगरी आर्थिक वर्ष ०७७र७८ को पहिलो पहिना साउनमा भने घटेर ९० प्रतिशतमा पुगेको थियो ।

बन्दाबन्दीअघि विद्युत् लाइन काटनेलगायतका काम भइरहेकाले महसुल संकलन राम्रो रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज २२ बिहीवार ०७:१९ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...