सुनसरी । आजैदेखि लागू हुनेगरि असोज २८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको महामारी बढेपछि धरान उपमहानरपालिले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो । जनप्रतिनिधि र कर्मचारीमा नै संक्रमण देखिएपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
बजारमा स्वास्थ्य मापदण्ड पालना गराउन कडाइ गरिने महानगरले जनाएको छ । चाडपर्वको समयमा लकडाउन गर्दा समस्या हुने भन्दै तत्काल लकडाउन भने नगरिने बताइएको छ ।
वि.सं.२०७७ असोज २२ बिहीवार ०७:२५ मा प्रकाशित