back
NMB ad

आर्थिक वृद्धि ०.२ प्रतिशतमा सीमित

Kumari bank ad

काठमाडौं । विश्व बैंकले कोभिड–१९ का कारण सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०।२ प्रतिशत मात्र रहने र सन् २०२१ मा ०.६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् सन् २०२० मा २।३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

विश्व बैंकको दक्षिण एसिया स्तरीय आर्थिक प्रतिवेदनअनुसार कोभिडले पर्यटन क्षेत्रमा पु(याएको अवरोध र लकडाउनले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका कारण आर्थिक वृद्धि कम हुने प्रक्षेपण गरेको हो ।

विश्व बैंकको अर्धवार्षिक तथ्यांकअनुसार महामारीको विनाशकारी असरले दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको छ ।

यसले गर्दा अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एसियालीहरू चरम गरिबीमा धकेलिँदै छन् ।

पछिल्ला पाँच वर्षमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलनसहित यस प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षितभन्दा निकै तीव्र गतिमा आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान रहेको राजधानी दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज २३ शुक्रवार ०८:२६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...