back
NMB ad

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

Kumari bank ad

कास्की । कोरोना कहरकै बीच निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा तिव्रता देखिएको छ ।

कोरोनाको कहरसँगै तथा बन्दाबन्दीका बीचमा पनि काम नरोकिँदा हालसम्म निर्माणको ६४ प्रतिशत काम सम्पन्न भएको हो ।विमानस्थललाई बन्द गरेर आयोजनाको काम जारी राखिएको हो ।

हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी आधिभन्दा बढी काम सम्पन्न भएका पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीले जानकारी दिनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीपक पौडेल नेतृत्वको टोलीसँग बिहीबार भएको छलफलमा हालसम्मको प्रगतिबारे जानकारी गराउँदै आयोजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको बताउनु भएको हो ।

मुनंकर्मीले टोलीलाई आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको र फिनिसिङ तथा डेकोरेशनको काम बाँकी रहेको जानकारी दिनुभयो ।

हाल चिनियाँ कामदार तथा कर्मचारी १ सय ८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेको र तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने पनि उहाँले प्रष्ट पार्नुभयो ।

‘कोरोनाका कारण अङ्ग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित भएकाले ६ महिनाअघि नै विमानस्थलको काम सक्ने हाम्रो लक्ष्य पूरा नभए पनि अबको काम उपकरण जडानको रहेकाले सामग्री आउनेबित्तिकै काम शुरु गरेर तोकिएको समयभित्रमा काम सम्पन्न गर्न सकिन्छ भन्ने विश्वासमा छौं मुनंकर्मीले भन्नुभयो ।

आयोजना समयमै सम्पन्न गर्न प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनु हुँदै उहाँले राजनीतिक दलको समेत साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

नेकपा महानगर कमिटीका अध्यक्ष पौडेलले कोरोना महामारीका बेलामा समेत आयोजनाको काम सञ्चालन भएकोमा आयोजना परिवार तथा निर्माण कम्पनीप्रति आभार व्यक्त गर्दै राष्ट्रिय गौरवको आयोजना निर्धारित मितिभित्रै सम्पन्न गरेर नयाँ सन्देश दिनुपर्ने बताउनुभयो ।

आफ्नो पार्टी आयोजना निर्माणका क्रममा आइपर्ने स्थानीयस्तरका हरेक समस्या समाधानका लागि प्रतिबद्ध रहेको पनि अध्यक्ष पौडेल स्पष्ट पार्नुभयो ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १२:१८ मा प्रकाशित

You can share this post!

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...