back
NMB ad

चल्दैन हुलाक तर सम्भावना जीवितै

Kumari bank ad

काठमाडौं । ‘धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, नि राजै चल्यो हुलाकी
सासूलाई चाबी, सालोलाई जाबी, सालीमाज्यूलाई झम्के बुलाकी । ’

गायिका हीरादेवी वाइबाले मारुनी भाकामा उहिल्यै गाएको यी गीतका गेडामा भनिए जस्तै धनकुटाको डाँडैडाँडा अचेल हुलाकी चल्दैनन् । न त अचेल सालीले नाकैमा झम्के बुलाकी झम्काउँछन् ।

विज्ञान र प्रविधिले दिनहुँजसो नयाँ फड्को मारिरहेको समयमा हुलाकीले बोक्ने चिठीपत्र इमेल, इमो, म्यासेन्जर लगायत आधुनिक विद्युतीय हुलाकीले बोकिरहेका छन् । सहरका विभिन्न ठाउँमा राखिएका पत्र मञ्जूषामा आजकल पत्र खस्दैनन् ।

अड्डा अदालत, सरकारी कार्यालयका चिठीपत्र र पत्रपत्रिका बाहेक हुलाकले व्यक्तिगत पत्र बोक्ने काम कमै पाउन थालेको छ । यद्यपि बदलिँदो परिस्थितिमा त्यो विगतको हुलाकले आधुनिक काँचुली फेर्ने प्रयत्न गरिरहेको छ । त्यसैले त यस वर्षको विश्व हुलाक दिवसमा नारा नै बनेको छ, ‘मोर देन मेल’ ।

संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको हो । सोही दिनलाई विश्व हुलाक दिवसका रूपमा विश्वभर मनाइन्छ ।

नेपालले २०१३ सालमा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको हो । विक्रम संवत् १९३५ मा नेपाल हुलाक घर स्थापनासँगै नेपालमा हुलाक सेवा प्रारम्भ भएको हो । यसलाई नेपालमा पुरानो सरकारी अड्डाका रूपमा समेत लिइन्छ ।

किन हो कुन्नि रु कर्मचारीको अरुचिको क्षेत्र बनेको छ अचेल हुलाक । यद्यपि देशभरि तीन हजार ९९४ वटा हुलाक संरचना मार्फत जनताको सेवामा समर्पित हुलाकमा करिब ३० हजार जनशक्ति अझै कार्यरत छन् । गोरखापत्र दैनिकबाट

वि.सं.२०७७ असोज २४ शनिवार ०८:३० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...