back
NMB ad

नेपालमा ५ वर्षभित्र व्रेष्ट क्यान्सर हस्पिटल निर्माण हुने

Kumari bank ad

हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेटौंडाका व्यबसायी अरुणराज सुमार्गी १५ वर्षअघि भारतबाट सुरु भएर हाल २० देशमा सञ्जालमार्फत् काम गर्दै आएको एसोसिएसन अफ अलायन्स क्लब इन्टरनेसनलको संस्थापक गभर्नर चयन हुनुभएको छ ।

‘सर्भिस फर पिपुल’ नारासहित काम सुरु गरेको अलायन्स इन्टरनेसनल नेपालले नेपाल सरकारसँगको सहकार्यमा ५ वर्षभित्र विदेशी दाता र आफूहरुबाट रकम संकलन गरी व्रेष्ट क्यान्सर हस्पिटल निर्माण गर्ने लक्ष्य लिएको गभर्नर सुमार्गीले बताउनुभयो । ‘५ वर्षभित्र व्रेष्ट क्यान्सर उपचार हुने प्रविधियुक्त हस्पिटल बनाएर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य छ,’ गभर्नर सुमार्गीले भन्नुभयो ।

भर्चुअल कार्यक्रम गरेर नेपालमा एसोसिएसन अफ अलायन्स क्लब इन्टरनेसनल नेपालको औपचारिक घोषणा गरिएको हो । सुमार्गी संस्थापक गभर्नर रहने गरी गठित कार्यसमितिको प्रथम उपगभर्नरमा आर्किटेक्ट इञ्जिनियर किच चित्रकार, दोस्रो उपगभर्नरमा एनजीओका ज्ञाता नन्दराज पोखरेल र तेस्रो उपगभर्नरमा महिला उद्यमी धन आचार्य हुनहुन्छ ।

सचिवमा आईटी इञ्जिनियर दिनेश लम्साल र कोषाध्यक्ष आईटी इञ्जिनियर राहुल रेग्मी र पीआरओमा सुष्मा कोइराला हुनुहुन्छ भने काठमाडौंबाट कृष्ण बिश्वकर्मा, पोखराबाट महेश पौडेल, बीरगञ्जबाट राघव आचार्य, पोखराका होम सापकोटा र हेटौंडाबाट गौरी चिमोरिया सदस्य रहनुभएको छ ।

एसोसियसन अफ अलायन्स क्लब इन्टरनेसनल अध्यक्ष थिरुपति राजु प्रमुख अतिथि रहेको कार्यक्रममा पूर्वअध्यक्ष कुल्दीप सिंह, अनुप मित्तल, एसी ओहरी, सचिव बाला गंगाधर शास्त्री, कोषाध्यक्ष आर माथिवन, भीएम राव र पंकज श्रीवास्तव अतिथि भएको खबर आजको समाचारपत्रले जनाएको छ ।

वि.सं.२०७७ असोज २६ सोमवार ०७:३० मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...