back
NMB ad

यी आधा दर्जन कम्पनी शेयर निष्कासनका लागि पर्खाइमा, कुनको कति ?

Kumari bank ad

काठमाडौं । हकप्रद शेयर निष्कासनका लागि ६ कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

नागरिक लगानी कोषसहित श्रीराम सुगर मिल्स, अरुणभ्याली हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी, ङादी ग्रुप र बरुण हाइड्रोले बोर्डमा निवेदन दिएका हुन् ।

आवेदन दिएका कम्पनीहरु मध्ये श्रीराम सुगर मिल्सले सबैभन्दा बढी १ बराबर ३ को अनुपातमा हकप्रद निष्कासनको लागि अनुमति मागेको छ । उक्त कम्पनीले आजभन्दा तीन वर्षअघि विसं २०७४ साल वैशाख २८ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।

कम्पनीको हकप्रद निष्कासनको स्वीकृति प्रक्रिया हालपनि प्राथमिक चरणमै रहको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार कम्पनीले हकप्रद निष्कासनका लागि पुरा गर्नुपर्ने मापदण्ड अनुसारका काजगपत्र बुझाई नसकेकाले लामो समयदेखि स्वीकृति पाउन नसकेको हो । श्रीराम सुगर मिल्सले ३०० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति मागेको हो ।

लामो समयदेखि हकप्रद शेयर निष्कासन गर्ने अनुमतिको पर्खाइमा ङादी ग्रुप पावर र बरुण हाइड्रो पनि रहेको छन् । ङादीले विसं २०७५ साल पुस २३ गते ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डसँग अनुमति मागेको थियो । त्यस्तै बरुण हाइड्रोले शतप्रतिशत हकप्रद विक्रीको अनुमति माग्दै २०७५ साल जेठ २२ गते बोर्डमा निवेदन दिएको थियो ।

बोर्डले जलविद्युत् कम्पनीहरुले विद्युत् नियमन आयोगको स्वीकृति पश्चात मात्र बोर्डमा पेश भएको निवेदन स्वीकृतिको प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ ।

बोर्डले २०७६ जेठ ७ गते विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पेश गर्न ङादी र बरुण हाइड्रोलाई भने पनि हालसम्म यी दुवै कम्पनीले विद्युत् नियमन आयोगको स्वीकृति पाएको कागजात बोर्डमा पेश गरेका छैनन् ।

बोर्डका अनुसार हाइड्रोइलेक्ट्रिसिटी र नागरिक लगानी कोषको हकप्रद स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हाइड्रो इलेक्ट्रिसिटीले विसं २०७६ साल असार ३१ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको थियो भने नागरिक लगानी कोषले २०७७ भदौ २२ गते १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद विक्री गर्न अनुमति मागेको हो ।

यी वाहेक अरुणभ्याली हाइड्रोले भने असोज २१ गते शतप्रतिशत हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवदेन दिएको छ । सूचीकृत कम्पनीहरुले सहज तरिकाले पूँजी संकलन गर्न सकिने हुदाँ हकप्रद शेयरमा जोड दिने गरेका छन् ।

विगतका केहि वर्षहरुमा धितोपत्र बजारमा हकप्रद मार्फत उल्लेख्य मात्रामा शेयर भित्रिएको थियो । सो समयमा हकप्रदकै कारण बजारमा शेयरको आपूर्ति बढी भएको र सोहि अनुपातमा शेयर खरीदको माग सृजना हुन नसक्दा बजारमा नकारात्मक असर परेको टिप्पणी पनि लगानीकर्ताहरुले गरेका छन् ।

पछिल्लो समय भने हकप्रद शेयर निष्कासनमा कमि आएको छ । हाल समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर विक्रीमा रहेको छ भने नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद शेयर विक्री गर्न असोज १९ गते बोर्डबाट स्वीकृति पाएको छ । आर्थिक अभियानबाट

वि.सं.२०७७ असोज २७ मंगलवार ११:५७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...