काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १२९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा १२६ जनामा संक्रमण देखिएको हो ।
देशभर १५ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएकोमा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वि.सं.२०७७ असोज २७ मंगलवार १६:३२ मा प्रकाशित