काठमाडौं । नेपाल प्रहरीपछि सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीले पनि दसैंमा बिदा नपाउने भएका छन् ।
कोरोना भाइरसविरुद्धको अभियान र शान्ति सुरक्षामा परिचालन हुनुपर्ने भएकाले सशस्त्र प्रहरीले पनि दसैं बिदा नपाउने भएका हुन् ।
अत्यावश्यक बिदा भने पाउनेछन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले कोरोना महामारीविरुद्ध परिचालन हुनुपर्ने र अन्य शान्ति सुरक्षाका जिम्मेवारीमा लाग्नुपर्ने भएकाले दसैंमा बिदामा कडाइ गरिएको जानकारी दिनुभयो ।
वि.सं.२०७७ असोज २८ बुधवार ०९:०८ मा प्रकाशित