back
NMB ad

राजधानीमा कर्फ्यू नै लगाउने निर्णय ! कहिलेदेखि लागू हुने ?

Kumari bank ad

एजेन्सी । फ्रान्सको राजधानी पेरिससहितका ९ शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कर्फ्यूको घोषणा भएको छ।

 

राष्ट्रपति इम्यानुएल म्याक्रोँले पेरिस तथा अरु ८ शहरमा रातिको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन् । फ्रान्समा अहिले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

राति ९ बजेपछि बिहान ६ बजेसम्म आउँदो शनिबारदेखि चार हप्ताका लागि कर्फ्यू लागु हुने राष्ट्रपति म्याक्रोँले टेलिभिजन अन्तर्वार्ताको क्रममा बताएका हुन् । यस्तै उनले सार्वजनिक स्वास्थ्य आपतकाल पनि घोषणा गरेका छन् ।

यसैबिच जर्मनीमा संक्रमण फैलिएका र जोखिम उच्च रहेका क्षेत्रका बार तथा रेस्टुरेन्टहरु चाँडो बन्द गर्नु पर्ने भएको छ ।

राति ११ बजेपछि बार तथा रेस्टुरेन्टहरु खुला हुन नपाउने र दुई परिवारका १० भन्दा बढी मानिस भेला हुन नपाउने नियम लागु भएको छ ।

जर्मनीमा गएको अप्रिलयता पहिलोपटक बुधबार एकै दिन पाँच हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो।

वि.सं.२०७७ असोज २९ बिहीवार ०८:२४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...